ट्रेन्डीङ्ग

दिपा पौडेल,

प्युठान खबर । भर्खरको १५ बर्षको उमेरको कलिलो बालक जिल्ला अस्पताल प्युठानको ईमरजेन्सी कक्षको १ नम्बर बेडमा छन्। उनको हातमा स्लाईन झुण्डाईएको छ। मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङ निवासी शंकर परियार आर्थिक अभावले गर्दा उपचार गर्न नसकि बेडमै लडिरहेका छन्।

 

दुई महिना अगाडी उनको पेट दुखेर वान्ता भएपछि उनलाई जिल्ला अस्पताल बिजुवार ल्याईएको थियो। जिल्ला अस्पताल प्युठानका एम डि जि पी डा. सुनिल सुनारले उनको स्वास्थ्य परिक्षण गर्नुभएको थियो। शंकरलाई (Necrotizing pancreatitis with pseudo cyst) रोगले संक्रमण गरेको डा. सुनिल सुनारले बताउनुभयो। डा. सुनारका अनुसार यो पेटको आमाशयको एक प्रकारको संक्रमण हो।उनको अप्रेसन गर्नुपर्ने भएकोले जिल्ला अस्पताल प्युठानमा उपचार सम्भव नभएपछि उनलाई बाहिर जान डाक्टरले सुझाव दिनुभएको छ।

डाक्टरको सुझाव अनुसार उनको दाई सागर परियारले उनलाई बुटवल लुम्बीनी सिटी हस्पिटल बुटवलमा उपचार गराएका थिए। एक लाख पचास हजार रुपैयाँ सकियो तर लुम्बीनी सिटी हस्पिटलमा उनको उपचार सम्भव भएन्। अस्पतालले उनलाई एक महिनाको औषधी दिएर घर पठाएको उनका दाजु सागरले बताउनुभयो। औषधी खाएर निको हुन्छ भने तर बिसको उन्नीस केहि भएन सागरले भन्नुभयो– ‘‘ भएको पैसा पनि सकियो केहि उपाय लागेन।’’

 

पछि उनलाई निको नभएपछि पुन ः लुम्बीनी सिटी हस्पिटलमा लैजादा यहाँ नहुने भन्दै रिफर गरिदिए। भएको पैसा भरि सकियो तर उपचार भएन । उनका दाई सागरले उनलाई प्रादेशिक अस्पताल बुटवलमा लगे त्यहाँ पनि उनलाई यहाँ सम्भव नभएको भन्दै वीर अस्पताल काठ्माण्डौं लैजान सुझाए। काठमाण्डौं लैजाने पैसा नभएपछि भाईलाई लिएर आफु घर फर्किएको बिरामी शकंरका दाई सागर बताउनुहुन्छ। औषधी लिएर घर आईयो सागरले आँखाभरि आँसु लिदै भन्नुभयो –‘‘ घरको बाख्रा भैसी सबै बेचियो म पनि इन्डियाबाट आएको ५ महिना भयो। खाना खाने पैसा समेत छैन्।’’

आइतबार शंकरलाई पुन ः वान्ता भएपछि रुदै रुदै ६० बर्षिय आमाले अस्पताल लैजान भनेपछि उहाँले घरजग्गा बन्दकमा राखेर भएपनि पैसा तिर्ने बाचा सहित गाउँको गाडि (जिप) मा राति ११ बजे जिल्ला अस्पताल विजुवार ल्याएको बताउँनुहुन्छ। १५ बर्षको कलिलो बालकको बिजोगको खबर थाहा पाएपछि उनको अवस्था बुझ्न म जिल्ला अस्पताल पुगेको थिए। डा. सुनिलले दुखाई कम गर्ने औषधी लेखेर यहाँ उपचार सम्भव नभएको दोह्राउनुभयो। जिल्ला अस्पताल प्युठानका प्रमुख डा. अमृत पन्थीले पनि उनको अवस्थाको बिषयमा जानकारी लिए।

 

डा. सुनिल सुनार र डा. अमृत पन्थीको सल्लाह अनुसार उनलाई छिटो भन्दा छिटो उपचारका लागि बाहिर लैजानुपर्ने बताउँछन्। ९ बर्ष अगाडि बुवाको निधन भयो। आमालाई काम गरेर पाल्नुपर्ने दायित्व यिनैमा छ। घरको एक जना दाई वेपत्ता छन्। भारतमा मजदुरी गरेका अरु ४ जना दाईहरु लकडाउनका कारण घरमा छन्। सबैको आर्थिक स्थिति नाजुक छ। एक जना दाई भारतको दिल्लीमा छन्। उनको आर्थिक अबस्था पनि कमजोर रहेको चुजाँ २ निवासी समाजसेवी यम बहादुर के.सीले जानकारी दिनुभयो।

अहिले पनि अस्पतालमा आर्थिक अभावका कारण उपचार नभएर राम्रो अस्पताल जान नसकेका शंकरले आफुलाई बचाउन आग्रह गरे। डाक्टरले बाहिर लैजानुस भन्नुहुन्छ, हामीसंग पैसा छैन कसरी लैजानु शंकरका दाजु सागरले बताउनुहुन्छ। बालकको नाजुक अवस्था देखेर जिल्ला अस्पताल प्युठानका प्रमुख डा. अमृत पन्थीले अन्य उपचार गर्ने पैसा जुटाएमा काठ्माण्डौं सम्म लैजानका लागि अस्पतालले निःशुल्क रुपमा एम्बुलेन्स पठाउने बताउनुभयो। १५ बर्षको बालकको अप्रेसनको लागि आवश्यक रकम सहयोग गर्नका लागि सवैलाई सहयोग गर्न समेत डा. पन्थीले अनुरोध गर्नुभएको छ। सक्दो सहयोग गरौं बालकको अप्रेसन गर्न सकेमा निको हुन सक्ने डा. पन्थीको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय