
प्युठानको नौबहिनी गाउँपालिका-१, स्याउलिबाङ्गका गुमान घर्ति मगर दब्ल्यु एम एफ विश्व मुवाँथाई च्याम्पियनसिप २०२४ अन्तर्गत थाइल्यान्डमा सानदार खेल प्रदर्शन गरिरहेका छन् ।
घर्ति मगर राष्ट्रिय खेलकुद परिषद्, नेपालको निर्णय र विश्व मुया थाई महासंघबाट प्राप्त निमन्त्रणा अनुसार १९ औँ WMF वर्ल्ड मुया थाई च्याम्पियनसिप २०२४ का लागि छनोट भएका हुन् ।
मंगलबार देखि थाइल्यान्डमा भएको मुवाँथाई च्याम्पियनसिपमा ५७ किलो तौलमा उज्बेकिस्तानका खेलाडी बर्नोएभ अजिजलाई नक-आउट गरि सेमिफाइनल प्रवेश गरेका छन् । उनी सिङ्गो नेपाली झण्डा सहित आफ्नो देशको प्रतिनिधित्व गर्दै खेल खेलिरहेको उनका दाइ शिवलाल घर्ती मगरले बताउनुभयो ।
उनका दाइ शिवलाल घर्ती मगर पनि प्रोफेसनन किक बक्सिङका खेलाडी हुन् । उनी एलिट फाइटर-फाइट नाइट, दक्षिण एसियाली प्रो-बक्सिङ च्याम्पियनसिप ६६ केजी वेल्टर तौल विधा, एनपीबीसी (नेपाल) को सहकार्यमा म्याक्स बक्सिङ प्रवर्द्धनद्वारा आयोजित कार्यक्रममा बक्सिङ खेलेको तथा WBC को उन्डरमा प्रोफेसनल बक्सिङ खेलिसकेका खेलाडी हुन् । उनिहरु प्युठानकै प्रतिनिधित्व गरेर पहिलो बक्सिङ खेल खेल्ने खेलाडी हुन् ।
उक्त च्याम्पियनसिपमा सहभागिताको लागि मुवाँथाई खेलाडी तथा नेपाल संघका पदाधिकारी सहित १० जनाको मुवाँथाई एथलेट टोली गत मंगलबार बैंकक थाइल्यान्ड पुगेको हो ।