ट्रेन्डीङ्ग

हाम्रो बारेमा

प्रकाशकीयः इन्टरनेटको पत्रकारितामा हाम्रो यात्रा

पछील्लो समय इन्टरनेट पत्रकारिताको यात्रा सबैको रोजाइ बनिरहेको छ । पाठक होउन वा पत्रकार । देश–विदेशका खबर हेर्न, सुन्न र पढ्नका लागि अनलाइन न्युज पोर्टलहरुले फड्को मारीरहेका छन । खबरमा रुचि भएका कामकाजी मानिसमध्ये अधिकांशले सामाजिक सञ्जालमा शेयर भएका समाचार वा भिडियो हेर्ने गर्छौं । यो साधारण अनुसन्धानले देखाउने तथ्य मात्र होइन लोकप्रियतासँग जोडिएको सवाल पनि हो ।

 

स्मार्ट फोन, सामाजिक सञ्जाल र व्यस्त जीवनशैलीले गर्दा हामी अधिकांशले अनलाइनमै खबर हेर्ने वा पढ्ने गरेका छौं । अहिलेको यही प्रचलनलाई ख्याल गरी हामीले सन २०१२ मा www.pyuthankhabar.com सञ्चालनमा लिएका थियौ । त्यसदेखि अहिलेसम्म बिविध बाधा र अड्चनहरु ब्योहोर्दै हाम्रो यात्रा निरन्तर थियो । ब्यवसायिक पत्रकारिता गर्ने ब्यक्तिहरुमा कहिपय वर्षहरुमा नविकरण गर्ने पैसाको अभावमा कुनै खबत अनलाइन सन्चालनमा कठीनाइ पनि बेहोर्दै आयौ । यी सहित थुप्रै ब्यवस्थापकिय समस्याले गुज्रदै गर्दा हामि प्रविधिको सदुपयोग गर्दै थप ब्यवस्थापनमा जुट्ने प्रण लियौ । सुरुमा अनलाइन सन्चालनमा सहयोग गर्नुहुने श्रीकृष्ण भण्डारिलाइ पनि यो बेला सम्झिन चाहन्छु र धन्यवाद पनि ।

 

कोभिड–१९ र लकडाउनले देशका मूलधार मानिएका ‘प्रिन्ट मिडिया’, टेलिभिजन वा भनौ रेडियोमा पहिले जसरी प्रभावकारी रूपमा छिटो र छरितोसँग सूचना सम्प्रेषण गर्न सक्ने स्थिति रहेन । असहज परिस्थितिका कारण कतिपय पत्रपत्रिकाहरू त बन्द नै भए । र कतीपय हामिजस्ता पत्रकार बेरोजगार पनि भए । ठूला लगानीमा खोलिएका मिडिया हाउस बन्द भए वा भनौ आर्थिक भार धान्न नसकि बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो ।

 

यस परिस्थितिमा छिटो, छरितो र सहजरूपमा सूचना सम्प्रेषण गर्न सक्ने प्रविधिका कारण अनलाइन समाचार पोर्टलहरूको महत्व र आवश्यकता यसै बीचमा झनै बढ्यो । इन्टरनेटका माध्ययबाट सजिलै पत्रकारिताको अभ्यास गर्नका लागि उपयुक्त माध्यम बन्यो अनलाइन समाचार माध्यम । त्यही आवश्यकताको उपज भनौ एक सशक्त अनलाइन समाचार माध्यम ‘प्युठान खवर डटकम’ पुन परिमार्जन सहित लिएर आएका हौँ ।

 

पढ्न, सुन्न र देख्न सकिने पत्रकारिता नै अहिलेको आवश्यकता हामिले महसुस गरेका थियौ नै । कोभिड–१९ का कारण सिर्जित परिस्थितिमा पनि हामीले ‘पढ्न र हेर्न पनि सकिने’ मिडियाको रूपमा अगाडि आएका छौ । तर पनि के मनमा खड्केको कुरा के छ भने प्रविधिको तीव्र विकास र विस्तारले सूचना प्रवाहको तौर तरिकामा निकै बदलाव आइसकेको छ । अहिले विशेष गरी अनलाइन न्युज पोर्टल र युट्युबको बाढी छ, तर विश्वसनीय समाचारको कमी नै देखिन्छ ।

 

हामी सत्य–तथ्य समाचार दिने प्रतिबद्धताका साथ आएका छौँ । समृद्धि, सामाजिक न्याय र सुशासन नै हाम्रो ध्येय रहनेछ । नागरिकको सूचना पाउने अधिकारको जगमा उभिएर पत्रकारिताको मूल्य–मान्यतामा अडिग हुँदै आफ्नो उदेश्य पूरा गर्ने बाटोमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

हाम्रो उदेश्यलाई आत्मसात् गर्दै ‘प्युठान खबर डटकम’ मा जोडिनु भएका सम्पूर्ण पाठक मित्रहरुलाई हार्दिक स्वागत र धन्यवाद दिन चाहन्छु । यसबाट तपाईंले केही फरक र थप गुणस्तरीय सामग्री पढ्न, सुन्न र हेर्न पाउनुहुनेछ । मूलतःअब पत्रकारिताको खास अभ्यासमा सहभागी हुन पाउनुहुनेछ । हाम्रो यो नयाँ प्रयासमा तपाईँहरूको तर्फबाट अझ बढी साथ र सहयोगको अपेक्षा गरेका छौं । निरन्तर सहयोग, सुझाव र रचनात्मक  प्रतिक्रियाको अपेक्षा गर्दछौ  ।

एलबी थापा/प्रबन्ध सम्पादक