ट्रेन्डीङ्ग

प्यूठान जिल्लाका एक युवक अर्घाखाँची जिल्लामा मृत अवस्थामा भेटिएका छन । गौमुखि गाउँपालिका ४ पुजा निवासी डोजर चालक कुशल के.सी. मृत अवस्थामा भेटीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

चालक के.सी. भुमिकास्थान नगरपालिका १० नं वडा स्थित तल्लापाकु भन्ने स्थानमा मृत अवस्थामा भेटिएका हुन् । प्यूठानबाट ब्यवसायिक कामका शिलशिलामा अर्घाखाँची गएका उनी ३ दिनदेखि परिवारको सम्पर्कमा थिएनन् ।

मृतक के.सी.सँग गएका टुक बहादुर के.सी.का अनुसार यो घटना हत्या गरीएको आशंका गरीएको छ । हत्या हुनुपुर्व व्यवसायिक कामका लागि गएका उनिहरूसंग केहि ब्यक्तिहरुसँग रकम असुलिका क्रममा सामान्य विवाद भएको बुझिएको छ ।

घटना स्थलमा मृत अवस्थामा भेटिएका उनको जुत्ता खोलिएको खोलिएको  भेटिएको, जुत्ताभित्र खाली पर्स राखिएको, मृत अवस्थामा घोप्टो परी फेला परेको उनको शव नजिकै मुवाइल राखिएको, दुबै कान च्यातिएको, खुट्टाको बुढि औला काटीएको र आँखा मुनि घाउ चोट लागेको प्यूठानबाट घटना स्थल पुगेका महेन्द्र चन्दले प्यूठान खवरलाइ जानकारी दिए ।

ब्यवसायिक कामको शिलशिलामा अर्घाखाँची गएका के.सी. व्यवसायिक काम वापतको असुल पैसा उठाउनका लागि प्युठानबाट गएका थिए । घटना स्थलको प्रकृति हेर्दा प्यूठानबाट अर्घाखाँची गएका मृतकका आफन्तले शुनियोजित रुपमा हत्या गरीएको आशंका गरेका छन ।

मृत अवस्थामा भेटिएको के.सि.को स्थानीय र प्रहरीको सहयोगमा शवलाइ पोष्टमार्टमका अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय