ट्रेन्डीङ्ग

प्युठानको नौबहिनी गाउँपालिका-१, स्याउलिबाङ निवासी सिमा बुढा मगरले त्रिभुवन विश्वविद्यालयको बी.एड. चौथो वर्षमा उत्कृष्ट नतिजा लिएर लुम्बिनी प्रदेश प्रथम हुन सफल भएकी छिन् ।

बुटवल-५, रुपन्देहीको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययनरत सिमाले ७५.६० प्रतिशत अंक प्राप्त गरि लुम्बिनी प्रदेश प्रथम भएकी हुन् । त्रिभुवन विश्वविद्यालयले २०८१ मंसिर १६ गते सार्वजनिक गरेको नतिजामा उनको उत्कृष्ट नतिजाले नौबहिनी गाउँपालिका मात्र नभई समग्र प्युठान जिल्लाको शैक्षिक स्तरमा समेत प्रेरणा मिल्नेछ ।

सिमा प्युठान खबरका कार्यकारी सम्पादक तेजेन्द्र बुढा मगरसङ्ग कुरा गर्दै आफ्नो मेहनत, लगनशीलता, अभिभावकको सुझाव र प्रेरणा नै आफ्नो सफलता भएको बताउछिन् । “एसईई लगत्तै के पढ्ने भन्ने बुझिसकेको थिएन, भिनाजु र मामाहरुको सल्लाहमा शिक्षा संकाय रोजे अब यसैलाई निरंतरता दिन्छु” उनी भन्छिन् । माध्यमिक तहको पनि आफ्नो पढाई राम्रै भएको कुरा बताउदै उनी भन्छिन्,”कक्षा ९ र १० को ऐक्षिक विषयमा गणित पढेकाले ११,१२ कक्षामा पनि शिक्षा संकायबाट मेजर विषय गणित नै पढेको तर गौतम बुद्ध क्याम्पसमा गणित विषय नभएकाले मेजर नेपाली लिएर आफ्नो अध्ययनलाई निरन्तरता दिएकी हुँ ।

बि.एड. सकियो, प्रदेशमै उत्कृष्ट नतिजा ल्याउनुभयो, अबको योजना के छ जागीर वा निरन्तर पढाई ? परिवार र आफन्तबाट कस्तो सल्लाह आइरहेको छ ? भन्ने प्रश्नको जवाफमा सिमा भन्छिन् जागिरको विषयमा अझै केही सोचिसकेको भने छैन तर डिग्री भर्ना भएर पढाइलाई निरन्तरता दिन्छु । परिवार र आफन्तबाट भने शिक्षक सेवा आयोग वा लोक सेवा आयोगको पनि तयारी गर्न्ने भन्ने सल्लाह आइरहेको छ, त्यसै अनुरुप आगामी यात्रा तय गर्छु । शिक्षक सेवाको लाइसेन्स भने यस अघिनै प्राप्त गरिसकेको उनी बताउछिन् ।

तपाईको मेहनत र सफलतालाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नको जवाफमा भने उनी भन्छिन् “यो उपलब्धिका लागि परिवार, शिक्षक र क्याम्पसको योगदान उल्लेखनीय छ । प्रदेशमै उत्कृष्ट नतिजा आयो भनेर क्याम्पसबाट बधाई दिदा खुशी लागेको थियो, सफलताका निम्ति पारिवारिक अवस्था, आफ्नो इच्छाशक्ति र आत्मविश्वासले यात्रा निर्धारण गर्ने रहेछ भन्ने लाग्यो । मेहनत खुसिमा परिणत भयो यसैलाई मात्र प्राप्ति ठानेकी छैन, यो मेहनत आगामी सफलताका निम्ति समेत जारी राख्ने छु ।” सीमाको यो उपलब्धिले ग्रामीण भेगका अन्य कैयन विद्यार्थीलाई समेत प्रेरणा मिल्नेछ ।

को हुन् सिमा ?
नौबहिनी गाउँपालिका-१, स्याउलिबाङ ठुलोगाउँमा उनको जन्म भएको थियो । बाजे पञ्चराम बुढा मगरका छोरा लाल बहादुर बुढा मगर (गोरे) र आमा काली बुढा मगरको कोखबाट कान्छी छोरीको रुपमा उनको जन्म भएको हो । ३ भाइ दाइहरु र १ बहिनी दिदि पछि सिमा बुढा मगर घरकी कान्छी छोरी हुन् । सामान्य परिवारमा जन्म लिएकी उनको बुबा आमा अहिले पनि खेती किसानीनै गर्नुहुन्छ । कक्षा १० सम्म गाउँकै श्री शिव माध्यमिक विद्यालयमा अध्ययन गरेकी उनि एसईई पश्चात् बुटवल गएर सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा भर्ना भएकी थिइन् । एसईई पनि B+ (3 GPA) लिएर उतिर्ण गरेकी थिइन् । बुटवल गएपछी आफ्नो दिदि भिनाजुको घरमा बसेर पढिरहेकी छिन् । अहिले आफ्नो कान्छो दाइ र उनी सङ्गै बसेर पढिरहेका छन् उनको दाइले भने भाषा कक्षा लिईरहनुभएको छ । आफ्नो कान्छो दाइ ज्ञानेन्द्र बुढा मगरका अनुसार सिमा पढाइमा निकै मेहनत गर्ने र मोबाईल समेत आवश्यकताअनुसार कम चलाउने र लगनशील रहेकोे बताउनुभएको छ ।

                              सिमा बुढा मगर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय