ट्रेन्डीङ्ग

जिल्लाको स्वर्गद्वारी नगरपालिकामा एक ब्यक्तिले घरभित्रै पसेर जवरजस्ती करणि गरेको घटना सार्वजनिक भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष पदको उम्मेद्वारबाटै यस्तो घटना भएको सार्वजनिक भएसँगै जिल्लाभर हल्ला फैलिएको हो ।

गाउँमा एउटा शिक्षित ब्यक्तिबाटै जनजाती समुदायकी एक सोझी महिला पिडित बनेकी हुन् । पिडकले ति पिडित महिलाको घरभित्र पसेर जवरजस्ती करणि गरेको घटना खुल्न आएको हो ।

स्वर्गद्वारी न.पा. वडा नं ३ निवासी (रामकली घर्तिमगर) नाम परिवर्तन आफ्नै घरमा जवरजस्ती करणि भोग्न बाध्य भएकी हुन् । घर बाहिर बसेर काम गरीरहेकी अन्दाजी ४५ वर्षिय उनलाइ स्थानीय रबिलाल खनालले केहि काम छ भनि भित्र बोलाएर एकाएक कपडा काढ्दै आफुलाइ जवरजस्ती करणि गरेको बताइन् ।

खनाल गाउँकै नेरा आधारभूत विद्यालयका पुर्व प्रधानाध्यापक हुन भने स्थानीय तह निवर्वाचन २०७९ मा नेपाली कांग्रसबाट वडा अध्यक्ष पदका उम्मेद्वार हुन् । घरमा अचानक भएको यो घटना पिडित घर्तिमगरको छोराले प्रत्यक्ष देखेपछी आफ्नो वुवालाइ फोन गरी खवर गरेका थिए ।

छोराले फोन गरेको करिव १० मिनेटमा आफु घर आइपुग्दा घरभित्र पिडक खनालले सुताइरहेको अवस्थामा भेटेको श्रीमानले बताए । “आफ्नै आँखाले नदेको भए पत्याउन सकिने घटना होइन” उनले भने, “घरभित्रै पसेर यस्तो कुकर्म गर्नेलाइ हदैसम्मको कार्वाही चाहन्छुँ ।”

श्रीमानका अनुसार खनाल मदिरा सेवन गरेर मत्त अवस्थामा थिए । गाउँकै भर लाग्ने शिक्षित ब्यक्तिबाट भएको यो घृणित कार्यको थप बिस्तृत बताउन लाजमर्दो हुने उनले बताए । घटना भएपछी पिडक खनाल फरार छन । घटना गराए लगत्तै खनाल फरार भएपछी पिडितका श्रीमानले खनालको परिवारमा सम्पर्क गरी घटनाबारे जानकारी दिएका हुन् ।

परिवारबाट अकल्पनिय घटना भएकोले गाउँमै बसेर मिलाउने आश्वासन दिएका थिए । साउन १२ गते दिउँसो भएको घटना साउन १३ गते पिडक पक्षबाट कोहि पनि मिल्न र छलफलमा नआएपछी पिडित पक्ष जिल्ला प्रहरीमा जाहेरीका लागि आएका हुन्।

राजनीतिक रुपमा गाउँमै मिल्न चर्को दवाव आएपनि आफ्नै घरमा पसेर जवरजस्ती करणि गर्ने अभियुक्तलाइ उन्मुक्ति दिन नसकिने घटना भएकोले आफु प्रहरी समक्ष न्यायका लागि आएको श्रीमानको भनाइ छ ।

कसरी भयो घटना : पिडितको भनाइ

म आफ्नै घर बाहिर बसेर काम गरिरहेको थिएँ । दिउँसोको करिव साडे ४ बजेको हुँदो हो । खै कतातिरबाट रबिलाल सर आउनुभयो । केहिँ सन्चो बिसन्चो पनि सोध्नुभयो । मैले उहाँले सोधे अनुसार सबै बताएँ । केहिँ बेरपछी भित्र जाउँ न भन्नुभयो ।

मैले किन जाने भित्र भने । काम छके जाउँन भन्नुभयो । मैले पनि होलातनि भनेर भित्र गएँ । ढोका भित्र पस्ने बित्तिकै मेरो ….. काढ्न थाल्नुभयो । मैले के गरेको यस्तो मास्टरसाव भएर भने । नकराउन ….. भन्नुहुन्थ्यो । मैले हल्का नास्ता खाएको थिएँ । उहाँले पनि खाएर आउनुभएको थियो।

मलाइ खै कसरी ढाल्नुभएछ र ढलेछुँ । अरु खै के के भयो मैले खासै भ्याउ पाउन्न । बाहिर म भएभन्दा केहिँ पर छोरो पनि थियो । सायद मेरो छोरो भएको उहाँले अड्कल नभएर होला मलाइ तानेर भित्र लानुभयो ।

जवरजस्ती भित्र लगेको छोराले देखेपछी बाउलाइ फोन गरेछ । फोन गरेको केहिँ बेरमै श्रीमान आउनुभएछ । अनि छरछिमेकी बोलाएर घटनाबारे जानकारी दिनुभयो । मलाइ बेहोस जस्तै बनाएछन पत्तै पाइन ।

त्यसपछी के के भयो मलाइ खासै होस भएन बाहिर मान्छेहरु हल्ला गर्दै थिए । अनि भोलि मिलमला भन्ने चाहि सुनेको हुँ । त्यसपछी भोलि पल्ट १३ गते मेरै घरमा छलफल कार्यक्रम भयो । सबैले धेरैले मलाइ कसरी भयो, के भयो भनि सोध्थे । मैले सबैलाइ जस्तो भयो,  त्यस्तै बताएँ ।

कोहीले यतै मिल्नु भन्थे, धेरैले पुलिसमा उजुरी दिनुपर्छ भन्थे । त्यही भएर म श्रीमान र छिमेकि सहित पुलिसमा उजुरी दिन आएकी हुँ । मलाइ न्याय दिनुस । मेरै घरमा पसेर बेइजती भयो । पुलिसलाइ सहयोग गर्न भन्नुहोला ।

मास्टर जस्तो वडा अध्यक्षमा उठेको मान्छेबाट भएको यस्तो कामले मलाइ सर्मिन्दा बनाएको छ । गाउँमा नाँक देखाउनै लाज भएको छ । भिंङ्गृ पुलिसमा जाहेरी दिने भनेको त्यहाँ उ कांग्रेस पार्टीको भएकोले मिल्न दिन्नकी भनेर जिल्ला आएका हौं ।

मलाइ न्याय दिलाउनुस । गाउँघरमै पसेर यस्तो घटना भएकोले म मर्न सकेको छैन । लाजै मानेर भएपनि छीमेकि र श्रीमानसँग उजुरी दिन आएको हुँ ।

श्रीमानको भनाइ

मलाइ खासै धेरै भन्नु छैन । श्रीमतीले भनेको सुन्नुभयो । मलाइ अचानक छोराले बोलाएपछी घर आउँदा भन्नै र पत्ताउन नसकिने घटना देखे । मलाइ खासै धेरै भन्न पनि मन छैन । आफ्नै श्रीमतीलाइ अरु कसैले त्यस्तो अवस्थामा भेट्दा के हुन्छ आफै सोच्नुस ।

भरखरै श्रीमतीले जे बतायो सबै त्यही घटना हो । म र मेरो श्रीमती अन्यायमा परेका छौ । सबै घटना छोराले पनि देखेको छ । यस्तो घटना तपाइलाइ कसरी बताउँ । हामीलाइ न्याय दिलाउन पर्यो । यस्ता अपराधीलाइ हदै सम्मको कार्वाहि हुनुपर्छ ।

जनजाती समुदाय लाटो भनेर हेपेर घरमै पसेर यस्तो हर्कत गर्ने सहन सक्ने अवस्था छैन । आज जिल्ला प्रहरीमा पुगेर श्रीमतीको पनि स्वास्थ्य परिक्षणका लागि अस्ताल आएका हौ । अरु भोलि थाहुन्छ । यस्ता घटना राजनीतिक रुपमा मिलाउन खोज्ने भएकाले हामिले भिंगृ जानकारी मात्र गराएर खलंगा आएका हौ ।

घटनापछी साउन १३ गते पिडितको घरमा भएको छलफलका तस्बिरहरु : 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय