ट्रेन्डीङ्ग

माण्डवि गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले कर्मचारीहरु हटाएर राजनीति गर्न थालेका छन । माण्डवी गाउँपालिका प्यूठानले कार्यपालिकाको बैठकबाट निर्णय गर्दै करार कर्मचारी हटाउने भएको छ ।

असार ३० गते बसेको कार्यपालिकाको बैठकले साउन १ गतेदेखि लागु हुनेगरी एकै पटक २१ जना कर्मचारीलाइ हटाउने निर्णय सहितको बोधार्थ पत्र थमाउँदा करार कर्मचारीहरु लगायत गाउँपालिकावासी आश्चर्य चकित बनेका हुन ।

कार्यालय सहयोगी, एम्बुलेन्स चालक, स्वास्थ्य कर्मी, उद्यम विकास सहजकर्ता, कृषि प्राविधिक, पशु प्राविधिक लगायतको करार सम्झौता नविकरण नगरिएको पत्र पठाएको छ । एक्साभेटर र गाउँपालिकाको गाडी चालकलाई यसअघि नै गाउँपालिकाले हटाइसकेको थियो ।

गाउँपालिकाबाट तलव भत्ता र भुक्तानी हुने करार कर्मचारीको करार सम्झौता नविकरण नगर्ने भनी असार ३१ गतेको मितिमा गाउँपालिकाले चलानी नं. १६९८ को पत्र काटेर पठाएको छ ।

नियमित रुपमा काम गरिरहेका कर्मचारीहरुलाइ एकै पटक हटाउँदा राजनीतिक रुपमा पुर्वाग्रही भएर आफुहरुलाइ हटाएको कर्मचारीहरुको गुनासो छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालमा आफुहरुलाइ प्रक्रियागत ढंगबाट करार कर्मचारीको रुपमा राखिएपनि बिना कारण, बिना सर्त एकै पटक कार्यापालिकाको बैठकबाट निर्णय गराइएको उनीहरुको दुखेसो हो ।

“गाउँपालिकामा जनशक्ति बढि भएर हटाएको भए हामिहरुको नविकरण नहुनु ठिकै हो”, एक कर्मचारीले भने “आफु निकट कार्यकर्ता भर्ति गराउन यस्तो प्रपञ्च रचिएको हो ।” उनका अनुसार नयाँ कर्मचारी राख्नैपर्ने अवस्था रहेपनि नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्षले ब्यक्तिगत र राजनीतिक पुर्वाग्रही भएर हटाएका हुन् ।

“हुनत हामी करार कर्मचारी नै हो बोलिदिने कोही छैन” उनले भने, “गाउँपालिकामा जनशक्ति अभाव हुँदा हुँदै पनि कर्मचारीसँग राजनीति पुर्वाग्रह देखाउनु उचित हैन ।” स्थानीय जानकारहरु पनि कर्मचारीहरुलाइ नचलाइ नियमन गरेको भए राजनीतिक प्रतिशोध नहुने बताउँछन । जननिर्वाचित भएपनि काम गर्न कर्मचारी आवश्यक पर्ने भएकाले नियमित काम गरिरहेकाहरुलाइ हटाउन नहुने  उनिहरुको भनाइ छ ।

राजनीति पूर्वाग्राही साँधेर गाउँपालिकाले कार्यरत कर्मचारीको रोजीरोटी खोसेको गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रीधर रोकाले प्रतिक्रिया दिनुभयो । कर्मचारी हटाएपछि आफूहरुमाथी लागेको राजनीति आग्रह, पूर्वाग्राहलाई सामान्य रुपमा लिएको बताउँदै गाउँपालिका अध्यक्ष नवराज अधिकारिले करार कर्मचारी राख्ने वा फाल्ने गाउँपालिकाको आत्मनिर्णय भएको समेत स्पष्ट पार्नुभयो ।

गाउँपालिकाको चलानी नं १६९८ को पत्र । को को परे करार नविकरण नहुने कर्मचारिहरु हेर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय