ट्रेन्डीङ्ग

प्यूठान जिल्लामा पत्रकारितासँगै पत्रकार शशिधर भण्डारीले छापाखाना व्यवसाय सूरु गर्नुभएको थियो । पत्रिका सञ्चालन गर्ने र व्यवसाय पनि चलाउने उद्धेश्यले सञ्चालन गरेको उद्योग केहिँ वर्षमै बन्द गर्न बाध्य हुनु परेको पिडा भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ । पत्रकार भण्डारिले माण्डवि गाउँपालिकाको चकचकेमा भिजन अपसेट प्रेस सञ्चालन गर्दै आउनुभएको थियो ।

भण्डारीले एउटा लामो भनाई सहितको स्टाटस लेखेर आफ्नो बिलौना आफ्नो भनाई सामाजिक सञ्जालमा पोष्ट गनुभएको थियो । स्थानीय तहको निर्वाचन २०७९ को निर्वाचनमा छपाई सामग्रिको पैसा नेताले नतिर्दा आफूले नियमित रुपमा सञ्चालन हुदै आएको छापाखाना व्यवसाय बन्द गर्न बाध्य हुनु परेको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

आफू आस्थावाना नेकपा माओवादी केन्द्रका नेताहरुबाट आफू ठगिनु परेको उहाँको भनाई स्टाटसमा लेखेर सार्वजनिक गर्नुभएको हो । निर्वाचनका बेला सहयोग गर्ने नेताहरुलाई धन्यवाद दिनुभएका भण्डारीले पैसा नतिर्ने नेताको पद लेखेपनि नाम भने सार्वजनिक गर्नुभएको छैन ।

अहिले नेकपा माओवादी केन्द्रले सञ्चालन गर्न लागेको ३ महिने अभियानको सन्दर्भमा प्यूठानमा आयोजित जिल्ला स्तरीय कार्यक्रमको दिनमा सोहि विषयलाई इङ्गित गर्दै आफ्नो भनाई भण्डारीले सार्वजनिक गर्नुभएको थियो । भण्डारीका अनुसार करिब ७ लाख रुपैयाँ भन्दा बढी स्थानीय तह निर्वाचनको मात्रै उठाउन बाँकि रहेको बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ ‘शुभेच्छुक र कार्यकर्तालाई चुसेर, ठगेर, अन्याय गरेर, तिम्रो रूपान्तरण केही समयको लागि होला, पार्टी रूपान्तरण “जिजु आस मरि जास” मात्रै हो ।” उहाँले यहि भनाईसँगै जोड्दै लेख्नुहुन्छ, ‘‘रूपान्तरण हुन क्रान्तिकारी पार्टी क्रान्तिकारी नेता हुनु पर्ला नी ? रक्सी खान जति पनि जुटाउने चोरले लामो समय देखि मलाई माइनस उन्मुख बनाएको छ ।” छापाखानामा छपाई वापतको पैसा नतिर्दा आफू ऋणले डुबेर बिदेशिनु परेको उल्लेख गर्दै उहाँले लेखेको स्टाटस यस्तो रहेको छ ।

बजार र गाउमा ठग्ने, कालखण्डमा सहयोगको नाटक गर्ने, शुभेच्छा प्रकट गरेको जस्तो गर्ने, म्यासेन्जरमा भुक्तानी दिनुपर्छ भनेर नबोल्ने त्यस्ता प्रवृत्ति प्युठानका माओवादी केन्द्रका नेताहरूमा देखिएको मौलाएको प्रवृत्ति हो । म गाउँबाट शहर छिरेर पत्रकारिता गरिरहदा जीवन चलाउन केही समस्या भएपछि जागिर, जागिर पछि व्यवसायमा जोडिए ।

जोडिएको केही समयमा भएको स्थानीय चुनावमा मैले मेरो आस्थाको पार्टी भनेर आँखा चिम्लेर बिश्वास र भरोसा गरि उधारोमा झण्डा, मतपत्रहरू पनि दिए तर लामो समयदेखि ती मान्छेहरू भुक्तानी दिन चाहेनन् । अन्यत्र भुक्तानी गरेको थाहा पाए तर मलाई अटेर/अन्याय/हेलचेक्राइको महशुस भएको थियो ।

चुनावमा मैले गरेको योगदान त कुरा नगरौ, उचित ठान्दिन किनभने मेरो आस्थाका कारण भएको हो । तर नेतृत्वले व्यवसायमा आई परेका समस्याहरूमा सहयोग गर्नुको साटो उल्टो गाउघर ऋण, बैंक ऋणबाट सञ्चालनमा ल्याइएको व्यवसायमा छिटो तिर्ने बाचा गरेर लगेकोमा अहिलेसम्म तिरेन । म सोही कारण चल पुजी अभावमा व्यवसाय बन्द गर्न बाध्य भए ।

अहिले केही नेता सम्पर्कमा नआउने, केही आए पनि उल्टो थर्काउने काम भईरहेको छ । मैले नेकपा माओवादी केन्द्र प्युठानको झिमरूक बैठकमा पनि यो कुरा पुर्याएको हु । आज प्युठानको विजुवारमा रूपान्तरण अभियानको बैठक चलिरहेको छ । मेरो आस्थाको धरोहर नेकपा (माओवादी केन्द्र) साच्चिकै रूपान्तरण होला त ?

यसमा मेरो शंका छ । यति मात्रै होइन मजस्ता केही कमरेडहरू पनि समस्यामा छन् । तर आर्थिक धरातलको हिसावले कमजोर हुनेलाई थाहा हुदोरहेछ । ठग नेताले नेतृत्व गरेर पार्टी कसरी बन्छ ? यसमा आदरणीय कृष्णध्वज खड्का, नारायण प्रसाद अधिकारी, महाविर राना, यज्ञ बहादुर केसी, पित बहादुर महतरा, कृष्ण घिमिरे, अर्जुन कक्षपति, विष्णु योगी, सचिन र केही युवा नेताहरूलाई म सम्मान गर्छु, उहाहरूको हौसलालाई सधै उच्च सम्मान छ ।

तर केही प्रदेश कमिटिका पदाधिकारी देखि कमिटी, केही पालिकाका जनप्रतिनिधि, उम्मेद्वारहरू जुन पार्टीमा हावी छन् तिनीहरूले पार्टीलाई बदनामित गरेका छन् । ती नेता नामका गलत पात्रले मलाई मात्रै डुवाएका होइनन् । अन्तमा जनतामा जानू अघि नागरिक प्रति सम्मान गर्न सिक्नु पर्दछ ।

ढाट, छल होइन नेतृत्व इमानदारी र दाग लगाउनै नमिल्ने मात्रै होइन, शंका गर्दा पनि हिचकिचाउनुु पर्ने नेतृत्व चाहिएको छ ।
विस्तृत एक दिन आउनेछ । (रूपान्तरण भित्रका ठग र मेरो पुरानो व्यवसायको कुरा हो । असम्बन्धित साथीहरूमा पर्न गएको असर र मेटाउन नसकेको जिज्ञासा प्रति क्षमा चाहन्छु ।

नोटः अति भएर लेखेको हु । हालसम्म माओवादीको नकारात्मक टिप्पणी मिटिङमा बाहेक गर्ने गरेको थिएन । माओबादी केन्द्र माण्डबी गाउँपालीका, नेकपा माओवादी केन्द्र मल्लरानी, ने.क.पा माओवादी केन्द्र गौमुखी, माओवादी केन्द्र प्रचारप्रसार, Nirmal Acharya

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय