प्युठानको गौमुखी गाउँपालिका–३ रजवारा निवासी मेधावी छात्रा अञ्जली मल्लले १६ औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी भएकी मल्लले ३००० मिटर लामो दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशभरका प्रतिस्पर्धी खेलाडीलाई पछि पारेर स्वर्ण पदक हात पारेकी हुन्।
अञ्जलीले यस सफलता हासिल गर्नु अघि गौमुखी गाउँपालिका, प्युठान जिल्ला तथा लुम्बिनी प्रदेशले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड गौरवका प्रतियोगितामा स्वर्ण पदक हासिल गरि सकेका छन् ।
उनको उपलब्धि प्रति स्थानीय तह, खेलप्रेमी तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।






