ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकाले बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई लक्षित गर्दै नियमित स्वर्णप्राशन कार्यक्रम सुरु गरेको छ । नौबहिनी गाउँपालिका-६ लुङ बहानेस्थित बहाने आयुर्वेद औषधालयमा सोमबार आयोजित उद्घाटन कार्यक्रममार्फत अभियानको सुरुवात गरिएको हो ।

नौबहिनी गाउँपालिका ६ नं. वडा अध्यक्ष मान बहादुर के. सी. को अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नौबहिनी गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले गर्नुभएको थियो । प्रत्येक महिना खलंगा जानुपर्ने र बालबालिकासङ्ग झन्झट व्यहोर्नुपर्ने बाध्यतालाई मध्यनजर गरि गाउँपालिकाले स्वर्णप्राशन कार्यक्रम सुरु गरिएको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिका अध्यक्ष दिल बहादुर थापा र उपाध्यक्ष विस्ना थापाले एकएक जना बालबालिकालाई स्वर्णप्राशन गराई कार्यक्रम सुरु गरिएको थियो । गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी स्वर्णप्राशन खुवाउने व्यवस्था गरिएको छ ।

स्वर्णप्राशनले बालबालिकाको स्मरणशक्ति र एकाग्रता बढाउन, शारीरिक तथा मानसिक स्वास्थ्य र विकासमा सहयोग पुर्‍याउन, रोग प्रतिरोधात्मक प्रणालीलाई मजबुत बनाउन तथा दीर्घकालीन स्वास्थ्यमा लाभ पुर्‍याउन सहयोग गर्ने अपेक्षा गरिएको छ । अभियानअन्तर्गत बालबालिकालाई निश्चित तालिकाअनुसार नियमित रूपमा स्वर्णप्राशन खुवाइने जनाइएको छ । कार्यक्रम बिहान ७ बजेदेखि सञ्चालन हुने व्यवस्था गरिएको छ ।

नौबहिनी गाउँपालिकाले बालबालिकाको स्वास्थ्य प्रवर्द्धन र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, आयुर्वेद औषधालयका प्रतिनिधि, अभिभावक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।

कहिले-कहिले खुवाउने ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय