
गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङ्ग हत्याकाण्डका आरोपित लोक बहादुर गिरीलाई प्युठान प्रहरीले पक्राउ गरेको छ । घटनाका अर्का आरोपित जेदु कुमारी न्यौपानेलाई भने शुक्रबार नै प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको थियो ।
घटनाको विस्तृत विवरणबारे जिल्ला प्रहरी कार्यालय प्युठानले पत्रकार सम्मेलन गरी जानकारी गराउने बताएको छ । घटनाको सुक्ष्म र सिघ्र अनुसन्धान एवं कार्बाहीका लागि जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्याल नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरि नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । घटनाको कारणबारे प्युठान प्रहरीले दुवैजना आरोपितको उपस्थितिमा थप विवरण सार्वजनिक गर्ने बताएको छ ।
गौमुखी गाउँपालिका ५ खुङका ६९ वर्षीय चिन्तामणि न्यौपानेको रहस्यमय मृत्यु भए पश्चात् अनुसन्धानको लागि प्युठान जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्याल नेतृत्वको प्रहरी टोली घटना स्थल पुगेको थियो ।
खाना खाएर सुतेको बेला अपरिचित व्यक्तिले फोन गरी कसैले बोलाएर गएको स्थान देखि केहि टाढा रक्ताम्य भएको अवस्थामा चिन्तामणी न्यौपाने मृत भेटिएका थिए । उनको साथमा मोबाइल नभएकोले र स्विच अफ गरिएकोले घटना रहस्यमय भएको थियो ।
बिहीबार राति भएको घटना स्थानीयले शुक्रबार बिहान थाहा पाएका हुन् । न्यौपानेलाई मृत अवस्थामा देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय लिवासेमा खबर गरेका थिए ।
घरमा खाना खाएर सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले फोन गरेपछि न्यौपाने घरबाट गाउँमा सानो काम आएको भन्दै घरबाट निस्किएका थिए ।
बिहिबार राति घरबाट निस्किएका न्यौपाने बिहानसम्म घर नफर्किएपछि स्थानीयले खोज तलास गर्दा शुक्रबार बिहान ७ बजे गौमुखी गाउँपालिका ५ स्थित फुर्सेधारामा मृत अवस्थामा भेटाएका थिए । अनुसन्धानका लागि पक्राउ परेका सहित घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
मृतक चिन्तामणी न्यौपाने