ट्रेन्डीङ्ग

होटल व्यवसायि संघ तथा पर्यटन सुचना केन्द्र प्युठानद्वारा डाइलाइसिस मेसिन उपकरण खरिद तथा व्यवस्थापनका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नयाँ वर्ष २०८१ को अवसरमा प्यूठान अस्पतालमा एक कार्यक्रमको आयोजना गरि नगद ५० हजार रूपैयाको चेक हस्तान्तरण गरिएको अध्यक्ष जुद्ध बहादुर कवरले बताउनुभयो ।

अस्पतालमा डाइलाइसिस मेसिन खरिद तथा व्यवस्थापनका लागि लायन्स क्लव अफ प्यूठानले आर्थिक संकलन अभियान थालेको हो । सोहि अभियानलाई सहयोगार्थ प्यूठान अस्पताल विकास समिति अध्यक्ष बिजयविराज विष्ट, लायन्स कल्व अफ प्युठानका अध्यक्ष झपेन्द्र शर्मा र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेललाई नगद चेक हस्तान्तरण गरिएको हो ।

अस्पतालमा डाइलाइसिस मेसिन खरिदका लागि लायन्स क्लव अफ इन्टरनेशनल जिल्ला घद्दछ नेपालले कुल लागतको ७५ प्रतिशत लगानि व्योहोर्ने र बांकि २५ प्रतिशत स्थानीय तह र निजि क्षेत्रलाई सहयोगका लागि आव्हान गरिएको छ ।

यो रकम व्यवस्थापनका लागि प्युठान अस्पतालले प्युठानका ९ वटै स्थानीय तह, छिमेकि जिल्ला गुल्मि, रोल्पा र अर्घाखाँचि जिल्ला समेतका स्थानीय तहलाई स्रोत सुनिश्चितताका लागि प्रतिवद्दता बमोजिम रकम सहयोग गर्न आग्रह गरेको छ ।

यसैबिच नयाँ वर्षको अवसरमा संघले प्यूठान अस्पतालका बिरामीहरुलाई फलफुल समेत बितरण गरेको महासचिव लिलाधर न्यौपानेले जानकारी गराउनुभयो । उहाँका अनुसार आजकै दिन होटल व्यवसायी संघ प्यूठानले प्रकाशन गरेको भित्तेपात्रो समेत बिमोचन गरीएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय