ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकाले पालिकाको २ नं. वडामा बजार अनुगमन गरेको छ । लिघामा अनुगमन गर्दा करिब ४० हाजर बराबरको म्याद नाघेका सामानहरु बरामद गरि नष्ट गरेको छ ।

गत चैत ५ गते गाउँपालिकाका उपाध्यक्ष विष्णा थापा (के. सी.) को नेतृत्वमा अनुगमनमा खटिएको टोलिले गाउँपालिकाको २ नं. वडाका स्थानीय होटल, खाद्यान्न, किराना पसल तथा स्वास्थ्य संस्थाहरुमा समेत अनुगमन गरि म्याद नाघेका सामानलाई बरामद गरेको हो ।

अनुगमनका क्रममा किराना, खाद्यान्न पसल तथा होटल गरि करिब २० बढी पसलहरुबाट करिब ४० हजार बराबरको म्याद सकिएका मदिरा तथा दिउ जस्ता पेय पदार्थ, भुजा, मिठाइँ जस्ता म्याद गुज्रिएका सामानहरु फेला परेका थिए । नौबहिनी गाउँपालिकाको आयोजना तथा २ नं. वडा कार्यालयको सहयोगमा अनुगमनबाट फेला परेका उक्त म्याद सकिएका सामानहरु बुधबार वडा कार्यालयमा जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीय व्यवसायीहरुको बिचमा एक कार्यक्रम गर्दै नष्ट गरेको हो ।

अनुगमन गर्दा कम्तीमा साना, ठुला कुनैपनी व्यवसायीहरुलाई नछुट्याई गर्न र आफुहरु यस विषयमा सकारात्मक भएको भन्दै खरिद गर्ने मुख्य बजारमा अनुगमन गर्न समेत स्थानीयले माग गरेका थिए ।

पालिकाले सबै वडामा अनुगमन गरि यस्ता खाद्य तथा पेय पदार्थहरु बिक्री वितरणमा रोक लगाई सचेत र स्वस्थ नागरिक बनाउने योजना लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय