ट्रेन्डीङ्ग

सुर्यज्योति लाईफ इन्स्युरेन्सद्वारा प्यूठानमा घातक रोग र मृत्यु दाबि भुक्तानी एकैसाथ हस्तान्तरण गरिएको छ । बैदेशिक रोजगारका लागि मेरिटस देश गएका बेगम सुनारको परिवारलाई मृत्यु दाबि भुक्तानी गरिएको प्यूठानमा बितरण गरिएको हो ।

प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ६ लिवाङ निवासि सुनारको श्रीमती बाटुली सुनारलाई बिमाङ्क रकम १० लाख, किरिया खर्च ५० हजार र मृत्यु भएका सुनारको सव बिदेशबाट नेपाल ल्याउनको लागि ५० हजार सहित मृतकको आयमा हुने क्षतिको १ लाख गरि १२ लाख रुपैयाँ मृत्यु दाबि भुक्तानी गरिएको शाखा प्रमुख धर्मराज अधिकारीले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रमको अवसरमा उहाँले बिमाको महत्व र बिमाको योजनाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सिनियर एजेन्सि म्यानेजर कृष्ण प्रसाद खनालले बिमा गराउनु मात्र ठुलो कुरा नभएर परिवारमा हरदिन आमाको महत्व हुने भए जस्तै मानव जिवनको बिसम परिस्थितमा माया र सहानुभुती जिवन बिमा बाटै प्राप्त हुने गरेको धारणा राख्नुभयो ।

बिमाले जो कोहि मानि र परिवारको विषम परिस्थितीमा सहयोग गर्ने दाबि गर्दै उहाँले जिबन जिबन बिमा सबै नागरिकको लागि अनिवार्य मात्र नभई अपरिहार्य भएको बताउनुभयो ।

त्यसैगरी मल्लरानी गाउँपालिका वडा नं ४ बस्ने सुकुमेली कसाई र उहाँको परिवारलाई घातक रोग दाबि भुक्तानि गरिएको छ । क्यान्सर जस्तो घातक रोग लागेकोले बिमा गरेको १ वर्ष भित्र रोगबाट ग्रसित उहाँलाई ५ लाख रुपैयाँको घातक रोग दाबि भुक्तानी गरिएको हो ।

क्यान्सर रोग पिडित उहाँको छोरा सुकलाल कसाईलाई उपचार सहयोगार्थ एक समारोहबिच हस्तान्तरण गरिएको शाखा प्रमुख अधिकारीले बताउनुभयो । कार्यक्रमको सञ्चालन अपरेशन इन्चार्ज रोशन चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय