ट्रेन्डीङ्ग

गुल्मी स्थित अग्लुङ्ग मा रहेकाे बालविकास प्रा वि मा तोयसरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएकाे छ । अग्लुङ्गमा रहेको श्री बालविकास प्राथमिक विद्यालयमा  शुक्रवार  अभिभावक दिवसको अवसरमा गुल्मी जिल्ला मदानेगाउँपालिका – १ अग्लुङ्ग चुत्रबोट निवासी शिक्षाप्रेमी सुबेदार हुम बहादुर मल्लले स्वर्गिय  श्रीमती तोयसरा मल्लको स्मृतिमा रु. ५००००/- (अक्षरेपी पचास हजार) काे तोयसरा मल्ल स्मृति अक्षयकोष स्थापना गरेका हुन ।

अक्षयकोष बाट आर्थिक रुपले विपन्न तथा जेहेन्दार ३ जना विद्यार्थीलाई वार्षिक रु.२ हजार र शैक्षिक सत्रको अन्तिम नतिजामा कक्षा-५ र विद्यालय प्रथम हुने विद्यार्थिलाई रु. १ हजार ५००/- प्रोत्साहन स्वरुप प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरेका हुन सरकारले आधारभूतसम्मको शिक्षा अनिवार्य र नि:शुल्क भनेपनि दुर्गम गाउँमा रहेको यस विद्यालयमा कयौं परिवारका विद्यार्थीहरु आर्थिक अभावका कारण विद्यालय पोषाक र कापी, कलमको खर्च जुटाउन नसक्ने स्थिती भएपछि बर्सेनि कैयौं विद्यार्थीहरुले विद्यालय छोड्ने गरेको अवस्थामा उक्त अक्षयकोषले आर्थिक रुपले विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन ठूलो सहयोग हुने विद्यालय का प्रधानाध्यापक प्रचण्ड राउतले बताए ।

मल्लले वि.स. २०५४ सालमा स्थापना भएको विद्यालयमा विद्यालयको संस्थापक शिक्षक अभिभावक संघको अध्यक्ष पदमा रहेर विद्यालयको शैक्षिक, भौतिक, सामाजिक तथा आर्थिक रुपमा अपूरणीय योगदान पुराकाे पनि राउतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय