ट्रेन्डीङ्ग

प्यूठानमा युवाहरुले परिवर्तन सुरुवातका लागि म भन्ने अभियान संचालन गरेका छन । जिल्ला अस्पताल प्यूठान परिसरमा व्यवस्थीत अस्पताल हाम्रो चासो हाम्रो स्वस्थ्य हाम्रै गुनासो भन्ने नाराका साथ प्यूठानका युवाहरु सुधारका लागि जागरुप भएका हुन । मंगलबार जिल्ला अस्पताल प्यूठानमा म सुध्रीन्छु र सुधारछु भन्ने धारणाका साथ अस्पतालमा भएका कामकाजको बारेमा गुनासो सुन्न युवाहरु लागि परेका हुन । हरेक क्षेत्रमा जन गुनासो र काम काजमा ढिला सुस्ती हुन थाले पछी यो अभियानमा जोडिएको युवाहरुको भनाइछ ।
सवृद्धिका लागि परिवर्तन, परिवर्तनका लागि सुरुवात सुरुवातका लागि म भन्ने अभियान सुरुवात गरेको प्यूठान सरोकार समाजका संयोजक सुमन सुवेदिले बताए । जिल्ला अस्पताल परिसरमा के भइरहेको छ ? के हुँदै छ ? भन्ने विषयका लागि ३ दिन सम्म विरामीको गुनासो अस्पतालमा भएका समस्या अस्पतालले दिने सेवा जस्ता विषयमा गुनासो टिपोटका लागि यो अभियानमा लागेको सुवेदिले बताए । यो अभियान हरेक क्षेत्रमा गर्ने सुवेदिको भनाई छ ।

अभियानमा युवा समाजसेवि मनु लामा,युवा नेता विरवल के सि, दारि ज्ञाङ प्युठानका जीवन खनाल लगाएतका युवाहरुकाे उपस्थित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय