नौबहिनी गाउँपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । गत फागुन २९ र ३० गते गाउँपालिकाको-५, नं. वडाका स्थानीय होटल, खाद्यान्न, किराना पसल तथा स्वास्थ्य संस्थाहरुमा समेत अनुगमन गरि म्याद नाघेका सामानलाई नष्ट गरेको हो ।
अनुगमनका क्रममा किराना, खाद्यान्न पसल तथा होटल गरि ३ दर्जन बढी पसलहरुबाट करिब ५० हजार बराबरको म्याद सकिएका मदिरा तथा दिउ जस्ता पेय पदार्थ, चाउचाउ, भुजा, सुजि जस्ता म्याद गुज्रिएका सामानहरु फेला परेका थिए ।
नौबहिनी गाउँपालिका र ५ नं. वडा कार्यालयको संयुक्त आयोजनामा गरिएको अनुगमनबाट फेला परेका उक्त म्याद सकिएका सामानहरु बिहिवार वडा कार्यालयमा जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, स्थानीय टोल विकास संस्था तथा स्थानीय व्यवसायीहरुको बिचमा एक कार्यक्रम गर्दै नष्ट गरेको हो ।
अनुगमन गर्दा कम्तीमा साना, ठुला कुनैपनी व्यवसायीहरुलाई नछुट्याई गर्न र आफुहरु यस विषयमा सकारात्मक भएको भन्दै खरिद गर्ने मुख्य बजारमा अनुगमन गर्न समेत स्थानीयको माग थियो ।
नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले यस्ता म्याद सकिएका खाद्य तथा पेय पदार्थले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले बिक्रेता र क्रेता दुवैले त्यसतर्फ ध्यान दिनुपर्ने र यदि त्यस्ता चिज बस्तु भेटिएमा स्थानीय तह तथा प्रशासनलाई खबर गरि मद्दत गर्न समेत सुझाउनुभएको थियो । पालिकाले सबै वडामा अनुगमन गरि यस्ता खाद्य तथा पेय पदार्थहरु बिक्री वितरणमा रोक लगाई सचेत र स्वस्थ नागरिक बनाउने योजना लिएको समेत पौडेलले बथाउनुभयो ।