ट्रेन्डीङ्ग

बुटवलमा होटल गर्दै आएका प्यूठानका खुम बहादुर थापा बसेको घर जलेको छ । उनले ५ महिना अगाडि बाट बुटवल मैनाबगर नगरपालिका २ मा घर धनी नर कुमारी भण्डारी को घरमा  होटल गर्दै आएका थिए । पानी तान्ने मोटर सट भई घरमा आगलागि भएको थापाले बताए ।
चैत्र ११ गते राती १० बजे घरमा आगलागि भएको उनको भनाई छ । भण्डारीको घरमा प्यूठान नगरपालिका ३ का खुम बहादुर थापाले प्यूठानी होटल संचालन गर्दै अाएका र  बुटवल मणिग्राम का अर्जुन पोख्रेलले मोटर पार्टस पसल गर्दै अएका थिए घर होटल र मोटर पार्टसका सवै सामान जलेर नष्ट भएको थापाले बताए ।
घरधनी नरकुमारीको घर ८८ लाख बरावर , मोटर पार्टस का सामान १ कारोड ५० लाख बराबर र होटल व्यवसायी गर्दै आएका थापाको होटल र सुन सहित ४ लाख गरी जम्मा ३ करोड बराबरको क्षति भएकाे प्रहरीले मुजुल्का निकालेकाे थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय