ट्रेन्डीङ्ग

बसको ठक्करबाट घाइते एक जना विद्यार्थीको शुक्रवार प्यूठानमा ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा बसले मोटरसाइकललाई ठक्कर दिदा प्रतिक घर्ति घाइते भएका थिए ।

घाइते १५ वर्षिय घर्तिको प्यूठान अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । लु ६६ प ५३४९ नम्बरको मोटर साइकलमा सवार घर्ति लु १ क १०९४ नम्बरको बससंग ठक्दर हुदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरीका अनुसार बस लोकचेतना एकेडेमी भिंगृको हो । बेलवास माध्यमिक विद्यालय तापमा अध्ययनरत घर्ति एसइइको परिक्षा दिएर घर फर्कर्दै गर्दा दुर्घटना परेका हुन् ।

उनिसँगै मोटरसाइकलमा सवार अर्का एक जना विद्यार्थी घाइते छन् भने उनको प्यूठान अस्ताल विजुवारमा उपचार भइरहेको छ । दुर्घटनामा परेको मोटरसाइकल विद्यानन्द मा.वि. जुडापाँटा परीक्षा केन्द्रमा एसईई परीक्षा दिन गएका विद्यार्थी लिन गएको लोक चेतना एकेडेमीको गाडिमा ठोक्किएको थियो ।

ठक्कर दिने बसका चालकलाइ अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय