ट्रेन्डीङ्ग

प्युठानको नौबहिनी गाउँपालिका-१, स्याउलिबाङ्गका गुमान घर्ति मगर दब्ल्यु एम एफ विश्व मुवाँथाई च्याम्पियनसिप २०२४ मा कांस्य पदक बिजेता बनेका छन् ।

घर्ति मगर राष्ट्रिय खेलकुद परिषद्, नेपालको निर्णय र विश्व मुया थाई महासंघबाट प्राप्त निमन्त्रणा अनुसार १९ औँ WMF वर्ल्ड मुया थाई च्याम्पियनसिप २०२४ का लागि मार्च १५ देखी मार्च २० सम्म हुने च्याम्पियनसिपका लागि देशको प्रतिनिधित्व गर्दै छनोट भएका थिए ।

उनले गत हप्ताको शुक्रबार थाइल्यान्डमा भएको मुवाँथाई च्याम्पियनसिपमा ५७ किलो तौलमा उज्बेकिस्तानका खेलाडी बर्नोएभ अजिजलाई नक-आउट गरि सेमिफाइनल प्रवेश गरेका हुन् । उनी सिङ्गो नेपाली झण्डा सहित आफ्नो देशको प्रतिनिधित्व गर्दै खेल खेलिरहेको थिए ।

उनी भन्छन् “दुःखको कुरा थाइल्याण्डको बैंककमा भएको खेलमा हाम्रो राष्ट्र नेपाललाई विश्व मुवाँथाई च्याम्पियनसिप-२०२४ मा उपाधी जितेर गोल्ड मेडल नै दिलाउने ठूलो कोसिस थियो तर ब्रोन्ज मेडलमै चित्त बुझाउनुपर्यो, म धेरै कुरामा चुके, हाम्रो राष्ट्रको लागि आउने समयमा गोल्ड मेडल दिलाउने मेरो सदाबहार कोसिस हुनेछ ।”

प्युठान खबरसङ्ग कुरा गर्दै भन्छन् “आफू र आफ्नो ठाउँ, जिल्ला र देशको माया सङ्गै जिम्मेवारी काधमा बोकेर खेल जीवन सुरुवात गरेको छु, एकदिन राष्ट्रको नाम विश्वमा चिनाउन थप मेहनतका साथ अवश्य अगाडी बढ्ने छु ।”

परिवार, आफन्त, शिक्षा र खेल जीवनका गुरु, समाज तथा विभिन्न ठाउँ र राष्ट्रका खेलप्रेमी तथा मेरा शुभचिन्तकहरुले देखाएको सहानुभूति र माया आर्थिक, भौतिक र नैतिक रुपमा सल्लाह एवं मार्गनिर्देशनले गर्दा आफू यो स्थानसम्म पुगेको उनी बताउँछन् । साथै आगामी दिनमा यस्तै किसिमको साथ र माया पाउने अपेक्षा सहित अर्को पटकको च्याम्पियनसिपमा उपाधी हात पारेर राष्ट्रको नाम उच्च राख्ने प्रतिबद्धता सहित सबै प्रती क्षमा र धन्यवाद व्यक्त गरेका छन् ।

मङ्गलबार थाइल्यान्डको बैंककमा उनले आफ्नो जातीय पहिचानको पोषाक, नेपाली टोपी र नेपालको झण्डा ओढेर सम्मान ग्रहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय