ट्रेन्डीङ्ग

प्युठान (सरुमारानी) । प्युठान जिल्लामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा गरिएको पिसिआर परीक्षणमा प्युठानका एक युवकमा कोरोना पोजिटिभ देखिएको हो । सरुमारानी गाउपालिका वडा नंवर २ का एक १९ वर्षीय पुरुषमा काेराेना संक्रमण देखिएकाे हो । परिक्षणका लागि प्यूठानबाट उनि सहित ८१ जनाकाे स्वाब संकलन गरी दाङ पठाइएकोमा अन्यको रिपोर्ट नेगेटिभ आएकाे प्रतिष्ठानले जनाएकाे छ ।

 

सरुमारानी गाउँपालिकाको खड्केश्वरी प्राथमिक बिध्यालयको क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी यही जेठ ६ गते भारतको मध्येप्रदेशबाट गाउँ आएर क्वारेन्टाइनमा बसेका थिए । कपिलवस्तुको कृष्णनगर नाका हुँदै २० जनाको समुहमा उनी स्वदेश आएका हुन । यो संगै प्युठानमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ। यस अघि स्वर्गद्वारी नगरपालिकामा १ जना र माण्डवी गाउँपालिकाका २ जना सहित ३ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय