ट्रेन्डीङ्ग

काठमाडौं, असार १८ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा युवाहरुको एक समुहले माइतीघर मण्डलामा प्रर्दशन गरेको छ । देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचा विपरित सरकार गिराउने खेल भएको भन्दै उनिहरुले प्रर्दशन गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा बिना एजेण्डा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठाईरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

यसैबीच, नेकपाका दोस्रो तहका नेताहरुले पनि शिर्ष नेतालाई मिल्न दवाव दिईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय