ट्रेन्डीङ्ग

प्यूठान : कोरोना परिक्षणको प्रारम्भिक चरणमा गरिने ¥यापिड डाइग्रोस्टिक टेस्ट अर्थात आरडिटीमा पोजेटिभ देखिदैमा त्रसित हुन नपर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । आरडिटीमा पाजेटिभ देखिएका अधिकांशको पिसिआर चेक गर्दा नेगेटिभ देखिने गरेको उनीहरुको भनाई छ । तर सावधानी भने अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

‘आरडिटीमा देखिएको पाजेटिभ शत प्रतिशत कोरोना लागेको होइन’,स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले भने,‘पिसिआरमा नतिजा पोजेटिभ आयो भने मात्र कोरोना लागेको पुष्टि हुने हो । प्यूठानका दुवै जनाको पिसिआर गर्नै बाँकी छ ।’ उनले भोली वा पर्सीसम्म पिसिआरको नतिजा आइसक्ने जानकारी गराए । अहिलेसम्म प्यूठानमा गरिएको आरडिटी चेकमा पहिलो पटक पोजेटिभ देखिएको उनको भनाई छ ।

काठमाण्डौँ र म्याग्दीबाट घर आएका २१ र ४३ वर्षिय प्यूठान नगरपालिकाका यूवाहरुको शनिवार चेक गर्दा आरडिटी पोजेटिभ देखिएको हो । उनीहरुको पिसिआर चेकका लागि स्वाव बुटवल पठाउने तयारी छ । स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार अहिलेसम्म प्यूठानमा ३ सय ३३ जनाको आरडिटी चेक गरिसकिएको छ । हालसम्म प्रदेश ५ का नेपालगञ्ज, कपिलवस्तु र रुपन्देहीमा गरी ३० जनालाई कोरोना संक्रमण भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय