ट्रेन्डीङ्ग

तेजेन्द्र बिएम,

प्युठान खवर । जिल्लाको नौबहिनी गाउँपालिका स्थित डामृ कापेमा श्रीमतीले श्रीमान हत्या गरेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन । नौबहिनी गाउँपालिका ५ मा गएराती श्रीमान श्रीमतीको घरायसी झगडा हुँदा २९ वर्षीय श्रीमती देवा सुनारले ३१ वर्षिय श्रीमान ज्ञान बहादुरको हत्या गरेको अभियोग छ ।

रातिको समयमा घटना भएकाले हत्या हो या आत्महत्या एकिन हुन नसक्दा ढिलो गरी समाचार बाहिर आएको हो । अहिले हत्या अभियोगमा श्रीमतीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

 

घटनाको प्रकृति हेर्दा शरीरमा चोटै चोट लागेकोले दाउराको प्रयोग भएको हुनसक्ने स्थानीयले बताएका छन । मृतकलाइ पोस्टमार्टमको लागि प्युठान अस्पताल विजुवार ल्याउने तयारी भइरहेको वडा अध्यक्ष अन बहदुर घर्तिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय