
एलबी थापा,
प्युठान खवर । जिल्लामा दैनिक कोरोना संक्रमितहरुको संख्या बृद्दि हुँदैछ । क्वारेन्टाइनबाट सुरु भएको संक्रमण अब भने समुदायमा पुगेको छ । समुदायका ब्यक्तिमा संक्रमित भेटीएपछी प्युठान नगरपालिकाको रिचि र सेपुङ गाउँलाइ सिल गरेको छ ।
प्युठानमा यो समाचार तयार पार्दा सम्म संक्रमित संख्या १ सय ६९ जना पुगेका छन् । यि मध्ये प्युठान नगरपालिका र माण्डवि गाउँपालिकाका १।१ जना निको भइ होम क्वारेन्टाइनमा फर्किएका छन ।
जिल्लाको प्युठान नगरपालिकामा सबैभन्दा धेरै ७१ जना संक्रमित भएको पुष्टि भएको छ । सबैभन्दा थोरै गौमुखी गाउँपालिकामा ३ जना रहेका छन । माण्डवी गाउँपालिकामा सबैभन्दा पहिले कोरोना संक्रमित भेटिएका थिए भने झिमरुक गाउँपालिकामा अँझैसम्म कोरोना संक्रमित भेटीएका छैनन ।
झिमरुक गाउँपालिका बाहेक सबै स्थानीय तहमा दैनिक संक्रमित बढ्दै गएका छन । अहिलेसम्म संक्रमित भेटिएका मध्ये सबैजना भारतबाट मात्र आएका हुन् । स्वास्थ्य कार्यालय प्यूठानका अनुसार संकलित नमुना स्वाब मध्ये अझै ४ सय ७७ जनाको पिसीआर नतिजा आउन बाँकी छ ।
लगातारको लकडाउनको कारण जनजीवन अफ्ठ्यो बन्दा सरकारले असार महिना लागेदेखि लकडाउन केहि खुकुलो गराएपनि सर्वसाधारण अनावस्यक हिडडुल र भेटघाट गर्दा झन संक्रमणको दायर फेलने देखिन्छ ।
संक्रमितको बढ्दै गएपनि लक्षण बिनाका संक्रमितले अरुलाइ असर नगर्ने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदिले बताउनुभयो । लकडाउन खुकुलो भएपनि ब्यवस्थित बन्दाबन्दीमा रहन आग्रह गर्दै उहाँले जनस्वास्थ्य मापदण्ड २०७७ पालना गर्न उहाँले सबैलाइ आग्रह गर्नुभयो । नियमित सावुन पानीले हात धुने सेटिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्ने जथाभावि भेट हुने र भिड नगर्न पनि स्वास्थ्य कार्यालय प्युठानको आग्रह छ ।
स्वास्थ्य कार्यालय प्युठानको आँकडामा कुन कुन स्थानीय तहमा कति पुगे संक्रमित हेर्नुहोस ।
-
प्युठान नगरपालिका : ७१ जना (१ जना २ वर्षको बालक निको भएर घर फर्केको)
-
माण्डवी गाउँपालिका : २७ जना (१ जना निको भएर घर फर्किएको)
-
स्वर्गद्वारी नगरपालिका : २२ जना
-
नौबहिनी गाउँपालिका : २२ जना
-
ऐरावती गाउँपालिका : १० जना
-
सरुमारानी गाउँपालिका : ९ जना
-
मल्लरानी गाउँपालिका : ५ जना
-
गौमुखी गाउँपालिका : ३ जना
-
झिमरुक गाउँपालिका : ०
स्वास्थ्य कार्यालय प्युठानले जारी गरेको बिज्ञप्ति पढ्नुहोस् ।
प्युठान नगरपालिका प्युठानले जारी गरेको बिज्ञप्ति पढ्नुहोस् ।