
प्युठान खवर । प्युठानमा कुल संक्रमितको संख्या ८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा प्युठानमा ८ जना जपिएको जनएको छ । प्राप्त विवरण अनुसार स्वर्गद्वारी नगरपालिकामा ३ जना र सरुमारानी गाउँपालिकामा ५ जना संक्रमित थपिएका हुन् ।
प्युठानबाट स्वाव संकलन गरी परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएकोमा परीक्षण हुँदा यिनिहरुको कोरोना संक्रमण पोजेटीभ देखीएको हो । स्वर्गद्वारी नगरापालिकामा भेटिएका ब्यक्तिको उमेर समुह १७, २३ र ४२ रहेको छ भने सरुमारानीमा भेटीएका ब्यक्तिको उमेर समुह २१, २१, २४, २६ र २८ रहेका छन । थप विवरण आउन बाँकी रहेको छ । यसअँघी सम्म प्युठानमा ७३ जना संक्रमित थिए ।