
प्युठान खबर । प्युठान जिल्लामा ब्यवस्थीत आइसोलेसन सेन्टर स्थापना नहुँदा कोरोना संक्रमितलाइ राख्न सकस परेको छ । जिल्ला भित्र क्वारेन्टाइनमा बसेका २ जनाको रिपोर्ट पोजिटिभ आएको थियो भने अन्य २ जना दाङको क्वारेन्टाइनमा बसेकाहरु सहित प्युठानमा ४ जना संक्रमित रहेका छन । जिल्लाबाट स्वाव संकलन गरी पठाएका अझै ३ सय ६७ जनाको पिसीआर रिपोर्ट आउन बाकी रहँदा अहिले भेटीएका ४ जना संक्रमितलाइ नै ब्यवस्थित गरी राख्न हम्मे हम्मे परेको छ ।
पिसीआर रिपोर्ट पोजिटीभ दर्जनौ हुनसक्छन भन्नेगरि स्वास्थ्यकर्मीसहित जिल्ला विपद् व्यबस्थापन समितिको तयारी कमजोर सावित भएको छ । जिल्ला स्तरीय आइसोलेसन सेन्टर सञ्चालन गर्न ढिलाइ हुँदा दिनदिनै संक्रमित बढ्दै जाँदा जिल्लामा भयावह स्थिती आउन सक्ने अवस्था रहेको छ । आइतवार मात्र पोजेटीभ देखीएका सरुमारानी २ का संक्रमितलाइ स्वास फेर्न गाह्रो भएको भन्दै सोमवार बेलझुण्डि दाङ पठाइएको छ । उनी संक्रमित भएको करिब २४ घण्टा बित्न लाग्दा पनि कहाँ र कसरी राख्ने भन्नैमै अन्यौलता थियो ।
सरुमारानीका संक्रमितलाई बेलझुण्डी लगिदै
सरुमारानीका एक कोरोना संक्रमित युवालाई भिङगृ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी गरीएकोमा दाङ स्थीत कोरोना अस्पताल बेलझुण्डी लगिने भएको छ । यसअघी उनलाइ भिंगृमा तयार गरिएको आइसोलेसन सेन्टरमा लैजाने तयारी भएको थियो ।
आईतबार रिपोर्ट पोजेटिभ आएसंगै सामान्य रहेका उनलाइ सोमबार स्वास फेर्न गाह्रो भएको र नाँक समेत बुझिन लागेकोले दाङ पठाउन लागीएको सरुमारानी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बसन्त बहादुर जिसीले जानकारी दिए। उनको रिपोर्ट पोजेटीभ आएसँगै खड्केश्वरी मावि मैदान स्थित क्वारेन्टाइनमा छुट्टै स्थानमा अइतवार बेलुकादेखि राखीएको थियो । जेठ ६ गते भारतको इन्दौरबाट गाउँ फर्किएका उनलाइ यहाँ स्थापना गरीएको क्वारेन्टाइनमा राखीएको थियो ।