प्युठान खबर । हिजोआज लकडाउन चलिरहेको छ । यहि लकडाउनका बिच लायन्स क्लव अफ प्युठानको निर्माण ब्यवसायि बालाजु श्रेय्ठको नेतृत्वमा जिल्ला कार्यसमिती चयन भएको छ। नया नेतृत्वले गठन भन्दा पनि नया कामको सुरूवातले चर्चा पाइरहेको छ ।
हिजो अस्ति भन्दा आज हिड्नेहरूका लागि जुम्रि (नयाबजार) नौलो छ । एउटा रूखमा गमला सहितका बिरुवा सजाइएको मात्र छैन राष्ट्रियताको रक्षार्थ नेपालको झण्डाको पनि सोही बोटमा चित्र बनाइएको छ । उता भारतले नेपालको सिमाना भारतले मिचेेर सडक निर्माण गर्दा यता प्युठानमा राष्ट्रियता झल्काउने काम भइरहेको छ ।
राष्ट्रियता रक्षा र सिमाना बचाउनका लागि लायन्स क्लव प्युठानले जस्तो सुकै कार्य गर्न तयार रहेको अध्यक्ष बालाजु श्रेष्ठले बताउनुभयो । उहाका अनुसार सार्वजनिक छलफलका लागि जुम्रि बजारमै एउटा प्रतिक्षालय निर्माणको तयारि भइरहेको छ । जसका लागि जेठ ६ गते मंगलवार बिहान सिलान्यासको कार्यक्रम समेत रहेको उहाले जानकारि दिनुभयो ।