
नौबहिनीमा “गरौ योग, रहौ निरोग” भन्ने मुल नाराका साथ विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सप्पन्न भएको छ ।
गत सार १८ गतेदेखि सुरु भएको कार्यक्रमको २१ गते शनिबार सम्पन्न गरिएको हो । गङ्गा माध्यमिक विद्यालय बहाने, प्युठानमा भएको कार्यक्रममा ४६ जना विद्यार्थी एवं १५ जना अन्य अभिभावकहरु योग कार्यक्रममा सहभागी भएका थिए ।
शारीरिक तथा मानसिक स्वस्थता कायम गर्नका लागि तथा नसर्ने रोग न्यूनीकरणका लागि योग शिक्षा कार्यक्रम प्रभावकारी रहेको प्रशिक्षक दोर्ण बुढाथोकीले बताउनुभएको थियो ।
नौबहिनी गाउपालिकाका उपाध्यक्ष तथा पालिकास्तरिय नागरिक आरोग्य समितिका अध्यक्ष विस्ना थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नौबहिनी गाउपालिकाका अध्यक्ष दिल बहादुर थापा साथै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलको विशेष आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण भिङ्ग्री आयुर्वेद औषधालयका वैध निरीक्षक दोर्ण बुढाथोकी र भिङ्ग्री योग साधना केन्द्रका मेघराज श्रेष्ठले गर्नुभएको थियो
गाउँपालिकाले आगामी दिनमा पालिकाको कृषि सभाहलमा निरन्तर रुपमा योग कक्षा सञ्चालन गर्ने योजना बनाएको गाउँपालिकाका बरिस्ठ कविराज निरीक्षक विष्णु थापाले जानकारी दिनुभएको छ ।