
नौबहिनी गाउँपालाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई शैक्षिक गुणस्तर गर्न ३ दिने आइसिटी तालिम सम्पन्न भएको छ । जेष्ठ २९ गते बिहिबार देखि सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।ICT को प्रयोगबाट शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाई शैक्षिक गुणस्तर सुधार गर्ने र शिक्षकहरूलाई डिजिटल उपकरण र स्रोतहरूको प्रयोग गरी आधुनिक तथा अन्तरक्रियात्मक शिक्षण विधिहरू अपनाउन सक्षम बनाउने, विद्यार्थीहरूलाई प्रविधिमा आधारित विभिन्न शैक्षिक सामग्री र गतिविधिहरूमा संलग्न गराई उनीहरूको सिकाइ प्रक्रियालाई अझ रोचक र प्रभावकारी बनाउने, शिक्षकहरूलाई डिजिटल उपकरण, सफ्टवेयर र इन्टरनेटको सही प्रयोग गर्न सिकाएर उनीहरूको डिजिटल साक्षरता अभिवृद्धि गर्ने, शिक्षकहरूलाई डिजिटल शैक्षिक सामग्री (जस्तै: प्रस्तुतीकरण, भिडियो, अडियो) बनाउन र व्यवस्थित गर्न सिकाउने, आवश्यक परेको खण्डमा अनलाइन कक्षा सञ्चालन गर्न र विद्यार्थीहरूलाई दूर शिक्षाका माध्यमबाट समेत प्रभावकारी रूपमा पढाउन सक्ने बनाउने, शिक्षकहरूलाई शैक्षिक अनुसन्धान, नवीनतम जानकारी र विभिन्न अनलाइन शैक्षिक स्रोतहरूमा पहुँच पुर्याउन तथा त्यसको सही प्रयोग गर्न सिकाउने, प्रविधिमैत्री शिक्षाको माध्यमबाट शिक्षकहरूको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्ने, प्रशासनिक कार्यहरू (जस्तै: रेकर्ड राख्ने, नतिजा विश्लेषण गर्ने) मा ICT को प्रयोग गरी समय बचत गर्ने र कार्यकुशलता बढाउने र शिक्षकहरूलाई शिक्षण सिकाइमा नयाँ प्रविधि र विचारहरूको प्रयोग गर्न प्रोत्साहित गर्ने जस्ता अत्यावश्यक उपलब्धि हुने नौबहिनी गाउँपालिका शिक्षा शाखा प्रमुख मेघराज बोहराले बताउनुभएको छ ।
तालिममा नौबहिनी गाउँपालिकाका सबै सामुदायिक विद्यालयहरुका प्र. अ. तथा लेखापालहरुको उपस्थिति रहेकोे थियो । तालिममा सिकेका महत्त्वपूर्ण कुराहरु विद्यालयमा गएर शैक्षिक गुणस्तरमा सुधार ल्याउने शिक्षकहरुले बताउनुभएको छ ।