ट्रेन्डीङ्ग

प्युठान खवर । प्युठानमा कोरोना संक्रमितको संख्या ३ सय ३३ जना पुगेको छ । बुधवार सरुमारानी गाउँपालिकामा १ जना थपिएपनि त्यसदेखि यता संक्रमित थपिएका थिएनन ।

 

आइतवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीबाट ऐरावती गाउँपालिकाका ४५ बर्षिय पुरुष १ जनामा नयाँ सन्क्रमण नतिजा प्राप्त भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । यो सँगै अब ऐरावति गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३९ जना पुगेका छन ।

 

९ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा धेरै प्युठान नगरपालिकामा ८९ जना र सबैभन्दा थोरै गौमुखि गाउँपालिका ६ जना संक्रमित भैटीएका छन । त्यसैगरी माण्डवि गाउँपालिका ८०, स्वर्गद्वारी नगरपालिकामा ४२, ऐरावती गाउँपालिका ३९, नौबहिनि गाउँपालिकामा २८, मल्लरानी गाउँपालिकामा २०, सरुमारानी गाउँपालिकामा १९ र झिमरुक गाउँपालिका १० जना कोरोना संक्रमण पोजेटिभ भेटीएका छन ।

 

पिसिआर परिक्षणका लागि स्वाव संकलन गरी पठाएका मध्ये अव १ सय १० जनाको रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय