ट्रेन्डीङ्ग

नेपाल प्रहरी विपद व्यवस्थापन गुल्म तुलसीपुर, दाङले बहानेमा विपद् व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी डेमो प्रदर्शन गरेको छ । प्राकृतिक तथा मानवीय विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धार विधि र सुरक्षित रहनुपर्ने उपायबारे व्यवहारिक अभ्यास गराउँदै डेमो प्रदर्शन गरिएको हो ।

कार्यक्रममा नौबहिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिल बहादुर थापा, उपाध्यक्ष विस्ना थापा, प्रमुख प्रशासकीय अधिकृत खड्ग वि.क., गंगा माध्यमिक विद्यालय बहानेका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको सहभागिता रहनुका साथै डेमो प्रदर्शन समेतमा अभ्यास गर्नुभएको थियो ।

सहभागीहरूले आगलागी लगायतका विपद्का बेला अपनाउनुपर्ने प्रारम्भिक उद्धार तथा सुरक्षित स्थानतर्फ जाने अभ्यासमा जोड दिन कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गाउँपालिकाले गरेको छ । कार्यक्रमको मुख्य उद्देश्य समुदायस्तरमा विपद् सम्बन्धी सचेतना बढाउनु, आपत्कालीन अवस्थामा तुरुन्त प्रतिक्रिया दिन सक्ने क्षमता विकास गर्नु तथा सम्भावित क्षति न्यूनीकरण गर्नु रहेको बताइएको छ ।

यस प्रकारको व्यवहारिक अभ्यासले विद्यार्थी, शिक्षक र समुदायमा आत्मविश्वास बढाउनुका साथै विपद्का समयमा डर र अन्योल कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । साथै समुदायलाई संगठित र तयारी अवस्थामा राख्न यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय