ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु सङ्ग प्रसुती सेवा सम्बन्धि अभिमुखिकरण एवं सम्मान कार्यक्रम सप्पन्न भएको छ । गाउँपालिकाका १ देखी ८ वटै वडामा स्वयंसेविकाका रुपमा कार्यरत सबै स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । टोलटोलमा खत्नुपर्ने साथै गर्भवती तथा सुत्केरी महिलाहरूलाई दिनुपर्ने ज्ञानको कमि भएकोले अभिमुखिकरण सङ्गै सम्मान कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिनुभयो ।

अभिमुखिकरण र सम्मानले महिला स्वयंसेविकाहरुमा उर्जा थपिएको छ । जसले उनीहरु स्वास्थ्य सेवामा प्रभावकारी ढंगले लाग्ने विश्वास व्यक्त गरेका छन् । साथै भौगोलिक रुपमा विकट भएकाले वर्षायाममा अलिक कठिनाइ हुने गुनासो गरेका थिए ।

कार्यक्रमले घरमा हुने सुत्केरी शुन्य गराउनमा ठूलो मद्दत पुग्ने गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभएको छ । उपाध्यक्ष कोसेली कार्यक्रम अन्तर्गत लक्षित वर्गलाई छुट्याइएको बजेटले स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको उपाध्यक्ष विस्ना थापाले बताउनुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शिवराज रिजालले अध्यक्षता गरेको कार्यक्रमको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष विस्ना थापाको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय