
प्युठानकी स्नेहा के. सी. हाल चलिरहेको मिस ग्रान्ड नेपालको शिर्ष २० फाइनलिस्टमा पर्न सफल भएकी छिन् । मिस ग्रान्ड नेपाल नेपालको शीर्ष २ सौन्दर्य प्रतियोगिताहरू मध्ये एक हो, जसको विषयवस्तु “ब्युटी विथ ब्रेन” हो । जसको शिर्ष २० सुन्दरी मध्य स्नेहा एक हुन् ।
८ औं मिस ग्रान्ड नेपाल २०२५ को शीर्ष २० फाइनलिस्ट प्रतिस्पर्धी स्नेहा प्युठान खबरका कार्यकारी सम्पादक तेजेन्द्र बि. एम.सङ्ग कुरा गर्दै यस क्षेत्रमा आफ्नो सानैदेखि चासो भएको बताएकी छिन् । हजुरआमा, बुबा, आमा लगायत साथीहरूहरु सबैको पुर्ण रुपमा साथ र समर्थन भएकोले समेत अघि बढ्न हौसला मिलेको उनी बताउछिन् । स्नेहाको अपिल छ- “मिस ग्रान्ड नेपालको विजेता भइ आफ्नो ठाउँ, जिल्ला र सिङ्गो राष्ट्रको विश्वभर पहिचान दिने मेरो लक्ष्य हो ।” साथै थप जोड्दै भनिन् “मेरो नामको पछाडी राष्ट्रको उपमा दिने सपना छ, पूरा गर्न हजुरहरुको साथ र सहयोग चाहिन्छ ।” यसका लागि मलाई भोट गरि विजेता गराउनुहुन प्युठान खबर मार्फत आम प्युठानबासी र देश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु माझ अपिल गर्न चाहन्छु ।
साथै उनले मोडलिङ, यात्रा, पढ्ने, लेख्ने, गरिब र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्ने आफ्नो मुख्य चाहना भएको बताउछिन् । शिर्ष २० मा पर्न सफल एक आकर्षक र सहयोगी व्यक्तिका रुपमा पहिचान बनाउदै फाइनलका लागि अहिले उनी ट्रेनिङ गरिरहेकि छिन् ।
हामिसङ्गको कुराकानीमा पहिले देखि चासो भएकोले इन्टाग्रामको माध्यमबाट अडिसन खुलेको थाहा पाएर गत जेष्ठ १७ गते अडिसन राउन्डमा सहभागी भइ अघि बढेको उनी बताउछिन् ।
उक्त मिस ग्रान्ड नेपाल आरके इन्टरटेन्मेन्टको आयोजनामा काठमाडौको बालाजुमा चलिरहेको छ । भोट गर्नका लागि भने MYPAY एप्सको प्रयोग गर्न सकिने उनले बताएकी छिन् । भोटका लागि वा अन्य जानकारीका लागि भने आफ्नो मोबाइल नम्बर ९८४४९२७४८८ मा सम्पर्क गर्न सकिने बताएकी छिन् ।
को हुन् मिस ग्रान्ड नेपालको शिर्ष २० मा पर्ने प्युठानकी स्नेहा ?
१९ वर्षीय स्नेहा के. सी. प्युठान नगरपालिका वडा नं. ९ मरन्ठाना गुरिगाउँमा जन्मिएकी हुन् । बुबा ध्रुव के. सी. र आमा विष्णु थापाकी कोखबाट जेठी सन्तानको रुपमा जन्मिएकी स्नेहाले आधारभूत तहको शिक्षा ब्राइट फ्युचर इङलिस बोर्डिङ स्कुल प्युठान नगरपालिका १० मरन्ठानामा अध्ययन गरेकी हुन् । त्यस पश्चात् कक्षा ८, ९ र १० जनता माध्यमिक विद्यालय प्युठान नगरपालिका-८ बाग्दुलामा अध्ययन गरेकी हुन् भने कक्षा ११ र १२ मुक्ति माध्यमिक विद्यालय प्युठान नगरपालिका ३ राटामाटामा साइन्स विषय अध्ययन गरि अहिले काठमाडौ बागबजार स्थित पद्मकन्या क्याम्पसमा बिएससी दोस्रो वर्ष अध्ययन गरिरहेकी छिन् ।
हाल सुन्दर भविष्यको खोजीसङ्गै आफ्नो फूपू र मामाकी छोरीसङ्ग अध्ययन गर्दै काठमाडौको मैतिदेविमा बस्दै आइरहेकी छिन् ।