ट्रेन्डीङ्ग

प्युठानको बाग्दुलामा समानता हेल्थ क्लिनिक एण्ड समानता फार्मेसी सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमका बीच प्यूठान नगरपालिकाका मेयर विष्णु योगीले क्लिनिकको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख योगि प्यूठान उघोग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकाले आम नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न सुझाउनुका साथै व्यावसायिक क्षेत्र लगानी अभाव भएका बेला सामुहिक लगानीमा शुरु गरिएको क्लिनिकको सफलताको शुभकामना दिनुभएको थियो ।

बाग्दुला प्युठानकै व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएकोले यस क्लिनिकबाट प्यूठान सहित अर्घाखाँची, गुल्मी र रोल्पा जिल्ला सिमा क्षेत्रका स्थानीयले समेत सेवा लिने सञ्चालक अशिम मल्लले जानकारी दिनुभयो ।

क्लिनिकबाट एमबिबिएस डाक्टर सहितको अत्याधुनिक ल्याब सेवा, डिजिटल भिडियो एक्स रे सेवा ओपिडी तथा इमर्जेन्सी सेवा., फार्मेसी सेवा २४ सै घण्टा प्रदान गरिने मल्लले बताउनुभयो ।

मल्ल सहित रिमा जि. सी., चित्रा के. सी. र जुना के. सी.ले क्लिनिक सञ्चालनमा लिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय