
फोनिज संघीय समितिको ८ औं महाधिवेशनको अध्यक्ष पदका उम्मेदवारी दिनुभएका अमरध्वज लामाले औपचारिक रुपमा उम्मेदवारी फिर्ता लिनुभएको छ ।
लामाले उम्मेदवारी फिर्ता लिएसङ्गै प्रत्याशी लक्की चौधरी समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । लामाले सिङ्गो कार्यसमिति सर्वसम्मत चयन होस् भन्ने अपेक्षा सहित नेतृत्व सुम्पिदै बधाई ज्ञापन गर्नुभएको छ ।
लामाले उम्मेदवारी फिर्ता लिदै आफुले फोनिजको औपचारिक सहकार्य मात्र टुङ्गिएको र अनौपचारिक रुपमा सहकार्य निरन्तर रहने समेत घोषणा गर्नुभएको छ ।
अध्यक्ष सङ्गै बरिस्ठ उपाध्यक्ष सरु राना सहित सबै प्रदेश इन्चार्ज सर्वसम्मत टुंगिए सङ्गै अबको केही समयमै उपाध्यक्ष, महासचिव, सचीव, कोषाध्यक्ष, खुल्ला सदस्य पदका लागि भने निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।