ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका प्युठानमा ३ दिवसीय मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । “विवादको साटो मेलमिलापको बाटो” भन्ने नारा अवलम्बन गरि मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम गाउँपालिकामा सोमबार उद्घाटन भएको थियो । नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा ३ दिने पुनर्ताजगी तालिमको बुधबार समापन भएको हो । तिलिमको प्रशिक्षका रुपमा शान्ता आचार्य र मन्जु कार्की रहनुहुनुभएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा न्यायीक समिति सदस्य नौबहिनी-४ नं. वडा अध्यक्ष भिम बहादुर घर्ती मगर, ७ नं. वडा अध्यक्ष रोम प्रसाद बुढाथोकी र स्वर्गद्वारी बहुमुखी क्याम्पस उप-प्रध्यापक तथा साहित्य परिषद प्यूठानकी अध्यक्ष, बिमला खनाल अतिथिका रुपमा रहनुभएको थियो ।

तालिमले न्यायिक कार्यको सम्पादन गर्ने, विवाद रहिद समाज निर्माण गर्ने र विवाद लाई मेलमिलापको माध्यमबाट समाधान गर्ने कुरामा महत्त्वपूर्ण भुमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभएको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक विस्ना थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रोजगार संयोजक तथा उजुरी प्रशासक पर्वत के. सी.ले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय