ट्रेन्डीङ्ग

प्यूठानको गौमुखी गाउँपालिकाका अर्खा र रजवारा गाउँलाई लामो झोलुगे पुलले जोड्ने भएको । पुलको बिहिबार प्रतिनिधि सभा सदस्य सूर्य थापाले शिलन्यास गर्नुभएको हो । सांसद थापाको पहलमा गौमुखी गाउँपालिकाको वडा नं. १ लामिडाँडा देखि वडा नं. ३ रजवाराको देउराली जोड्ने गरी पुल निर्माण थालिएको हो ।

पुल निर्माण गर्न २ करोड ७२ लाख ७४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सस्पेन्सन बृज डिभिजन कार्यालय ललितपुरका इन्जिनियर गोपाल थापाले जानकारी दिनुभयो ।

३ सय ६५ मिटर लम्बाइ र १ सय ८० मिटर अग्लो पुल २०८२ मङ्सिर २७ सम्म सम्पन्न गर्ने गरी अधिकारी/अपर तामाकोसी जेभीले ठेक्का पाएको छ । पुलको शिलन्यास गर्दै प्रतिनिधि सभा सदस्य थापाले जिल्लाकै लामो र अग्लो आयोजनाको रुपमा रहेको उक्त झोलुङ्गे पुललाई समयमै गुणस्तरीय तवरले सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ ।

निर्माण कम्पनिका प्रतिनिधि प्रकाश डाँगीले आगामी असार सम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेको बताउनुभयो । १८ वटा लठ्ठा रहेको झोलुङ्गे पुल निर्माणले सो क्षेत्रमा रहेको गौमुखीको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । वारि पारी रहेको गाउँ जान खोलाका कारण असुविधा रहेकोले आफ्नो चुनावि अभियानका बेला सांसद थापाले यो स्थानमा पुल निर्माण गर्ने प्रतिवद्दता गर्नुभएको थियो ।

सोही प्रतिवद्दता कार्यान्वनयनका लागि सांसद थापाले झण्डै साढे दुई घण्टा दुरिमा रहेको अर्खा र रजवाराको गाउँलाई पुल निर्माणले आवतजावमा सहजता ल्याउने भन्दै खुसी व्यक्त गर्नुभयो । लामिडाडाँबाट देउराली पुग्न हिडेर १ घण्टा ३० मिनेट लाग्थ्यो भने अब ५/१० मिनेटमै वर पर गर्न सकिनेछ ।

झोलुङ्गे पुल निर्माण भएपछि अर्खा र रजवाराका करिब १ हजार पाँच सय जना भन्दा बढी स्थानीय लाभान्वित हुनेछन् । पुलको निर्माण भएपछि सर्वसाधारणलाई आवत जावत गर्न सहज हुने र पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने स्थानीयले आसा गरेका छन् ।

झुलेनी पोष्ट साप्ताहिक २०८१ मंसिर १८ गते प्रकाशित ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय