नवगायक प्यूठानी कलाकार अनिल गिरीले पञ्चेबाजा गित मैना रानी बजारमा ल्याउनुभएको छ । गौमुखी गाउँपालिका ५, खुङ निवासि गिरीले आइतवार नयाँ गित बजारमा सार्वजनिक गर्नुभएको हो ।
गायिका देवि घर्ति र स्वयम गिरीको स्वरमा रहेको पञ्चेबाजा गित अनिल गिरी अफिसियल युटुव च्यानलबाट बजारमा ल्याइएको हो । गित सार्वजनिक भएको छोटो समयमै युटुवमा गितले अत्यतिक भ्युज पाएको छ ।
मायाँ प्रेम र बिछोड सम्बन्धि गितमा शब्द मिलाएर पञ्चेबाजा गित सुमधुर स्वरमा सजिएको छ । बिशाल बैरागीको निर्देशनमा प्यूठानकै गौमुखी गाउँपालिकाका बिभिन्न स्थानमा छायाङकन गरिएको गितमा नारायणी खत्री, गणेश क्षेत्री, कविता गिरी लगायतले अभिनय गर्नुभएको छ ।
अनिल गिरीको शव्द, रिम सुनारको संगित रहेको गितको छायाङ्कन बिरेन्द्र परियार, प्रकाश बस्नेत लगायतले गर्नुभएको थियो भने भिडियो सम्पादन अनिल विष्ट प्यूठानीले गर्नुभएको हो । दृश्य निर्माण जल राप्ती डिजिटल म्युजिक प्रा.लि.ले गरेको हो ।