विवादकाे साटाे मेलमिलापकाे बाटाे भन्ने मुल नाराका साथ प्युठान नगरपालिका ६ माझ्काेटमा न्यायायि अधिकार सम्वन्धि दुई दिने सचेतना कार्यक्रम संचालन भएकाे छ । प्युठान नगरपालिका कानुन ईकाई र वडा कार्यालयकाे आयाेजनामा कार्यक्रम संचालन भएकाे हाे ।
वडा भित्रका टाेल सुधार समिति,महिला समूह, वडा भित्रका दलका प्रतिनिधि लगायत नागरिक अगुवाहरुलाई तालिम दिएकाे वडा सचिव सुमन पुनले बताउनुभयाे ।
दुई दिन सम्म सन्चालन हुने तालिममा मेलमिलाप समन्धि जानकारि, न्याकिक समितिकाे भुमिका , सामन्य विवादमा मेलमिलाप समन्धि सचेतना दिन थालिएकाे पुनले बताउनु भयाे । तालिमकाे प्रमुख प्रशिक्षक तामा काेसि सेवा समिति (राष्ट्रिय मेलमिलाप परिषद ) हिमाल ढुङ्गेल र मन्जु कार्कि खड्काले सहजिकरण गर्नु भएकाे छ । कार्यक्रममा वडा भित्रका करिव ४५ जनाकाे सहभागी रहेकाे छ ।
आ.व. २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्युठान नगरपालिका ९,१० र २ मा कार्यक्रम गरिसकेकाे र वाकि नगरपालिका भित्रका सवै वडामा संचालन गरिने प्युठान नगरपालिका कानुन ईकाई प्रमुख दिपक पाैडेलले जानकारि दिनु भयाे।