ट्रेन्डीङ्ग

नेपाली राष्ट्रिय क्रिकेट टोलिका खेलाडी प्रतिश जि.सी.लाई प्यूठानको झिमरुक गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । झिमरुक गाउँपालिका-३ मा जन्मिएका जि. सी.लाई झिमरुक गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरि नगद एक लाख रुपियाँसहित सम्मान गरेको हो ।

खेलाडी जि. सी. लाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यक्तिगत नगद ५० हजार रुपियाँ र दोसल्ला ओढाएर सम्मान गरेका छन् । यस्तै उनलाई पोख्रेल फाण्डेशनका सञ्चालक कुशराज पोख्रेलले समेत नगद ५० हजार रुपियाँ गरि नगद दुई लाख रुपियाँ सहित पालिकामा जि. सी. सम्मानित भएका छन् ।

विभिन्न क्षेत्र र जिल्लाबाट प्रतिनिधित्व गर्दै अन्तरास्ट्रिय स्तरमै यो देशको नाम उच्च राख्न गरेको मेहनतको सम्मान स्वरूप वातावरण सिर्जना गरेको र यसले सम्पुर्ण खेलाडीहरुलाई खेलप्रति उत्प्रेरित गर्नेछ भन्ने उपेक्षा लिएको पालिकाका अध्यक्ष पित बहादुर एम. सी.ले बताउनुभयो । यस्तै जि. सी.ले आइसिसी लिग–२ अन्तर्गत भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी झिमरुक गाउँपालिका, जिल्लासङ्गै सिङ्गो राष्ट्रको गरिमा बढाउन उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै कृकेट टोलिकै उर्जा बढाउन पालिकाले उनलाई सम्मान गरेको पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै खेलाडी जि. सी.ले भने जिल्लामा खेल्नको लागि पुर्वाधारको विकास नहुदा जिल्ला बाहिर गएर घरेलु कृकिट खेल्दै संघर्ष गरेको बताएका छन्  । साथै प्युठानमा राष्ट्रियस्तरका खेलकुद आयोजना गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गरे मात्र आफुजस्ता खेलाडी उत्पादन हुने बताएका छन् ।

विश्वकप क्रिकेट लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्दै आगामी वर्ष जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको ‘क्वालिफायर’ विश्वकप छनोट खेलमा छनोट भएका जिसीलाई जिल्ला समन्वय समिति, जिल्ला खेलकुद विकास समितिल नगदसहित समेतले सम्मान गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय