ट्रेन्डीङ्ग

यहि फागुन ४ गतेदेखि १० गतेसम्म आयोजना हुन गइरहेको स्वर्गद्वारी प्यूठान चौथो २०७९ मा उत्कृष्ट टिक टक बनाउने प्रयोगकर्तालाई पुरस्कृत गरिने भएको छ ।

डिजिटल मेला महोत्सव प्रवद्र्धन समितिको आज बसेको बैठकले महोत्सव अगावै मेलाको टिकटक बनाई सरकारत्मक प्रचार प्रसार गर्ने र मेला अवधिमा मेला परिसरको टिकटक बनाई प्रचार प्रसार गर्ने प्रयोगकर्तालाई छुट्टाछुट्टै २ बिधामा पुरस्कृत गरिने भएको संयोजक डिल्लिराज पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार यी छुट्टा छुट्टै बिधामा प्रथम, द्वितीय र तृतीय निकालिनेछ । उत्कृष्ठ भिडियोको भ्युज, लाइक र मौलिक कला सहित प्राविधिक दक्षताको आधारमा बनाइएको भिडियोलाई प्राथमिकता दिइनेछ । मेलाको विषयमा टिकटक बनाउँदा #pyuthanmahostav अनिवार्य प्रयोग गर्नुपर्ने सह संयोजक एलबी थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय