आउँदो कार्तिक मंसीरमा संघ तथा प्रदेशको निर्वाचन हुने निश्चित जस्तै छ । स्थानीय तहको निर्वाचन पछि सत्तागठबन्धनधारीहरु आफ्नै गठबन्धनभित्र सन्तुष्ट छैनन् । हुनत सत्ता गठबन्धन दलहरुबिच खटपट भएको गठबन्धन हुँदाकै बखत देखि नै हो ।
एक्लै चुनावमा जान नसक्ने बाध्यात्मक परिस्थितीले माओवादी, समाजवादीहरु काँग्रेसको सरणमा पुगेको सबैलाई बिधितै छ । स्थानीय तहको चुनावपछि माओवादी अध्यक्ष प्रचण्डले काँग्रेसलाई धम्कि दिएको सार्वजनिक भएको थियो ।
भित्र भित्र छुट्टै तयारी थालेको समाजवादी अध्यक्ष माधवले पत्तो पाएपछि अहिले कांग्रेसको यहि पारा भए पुरानो नेकपा ब्युताउने धम्किहरु सुरु भएका छन् । यसैबिच साउन ६ गते बिहानै एमाले नेता सूर्य थापाले टिप्पणी गर्दै उद्योगतिमा लम्केकाहरुको भण्डाफोर गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत थापाले यस्तो लेख्नुभएको छ ।
सत्ता गठबन्धनमा सामेल गराइएका पाँच दलभित्रका ‘नक्कली’ कम्युनिस्ट समुहहरू (वादेगौ सम्म) अब काङ्ग्रेसको पुच्छर नै बन्छन् कि आफ्नो छुट्टै अस्तित्व र हैसियत देखाउन अग्रसर हुन्छन् ?
नेकपा (एमाले) सँगको राष्ट्रव्यापी टक्कर र प्रतिष्पर्धामा नेपाली काङ्ग्रेसले उनीहरूलाई निर्वाचन मार्फत आफ्नो एकल बहुमत प्राप्तिको भर्याङ/लिस्नो मात्रै बनाउन चाहन्छ भन्ने तथ्य केन्द्रीय समितिबाट निणर्य गरेर सार्वजनिक गरिसकेको छ ।
एक्ला एक्लै लड्दा पुष्पकमल दाहाल प्रचण्डको पार्टीले ८ र माधवकुमार नेपाल गुटले १ सिट मात्रै जित्न सक्ने सरकारी सर्भेक्षण पनि त्यहाँ गृहमन्त्रीद्वारा प्रस्तुत भएको भनिकन चुहाइएको छ ।
अब के गर्छौं महाशयहरू?
निणर्य –
‘गठबन्धनमा रहेका दलहरूको बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक-सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका बिषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकार मार्फत जनताको जीवन स्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आम निर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठक गर्दछ ।
साथै, तालमेल गरिरहँदा नेपाली काङ्ग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तु स्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकहरूको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवाद मार्फत निष्कर्षमा पुग्ने निणर्य यो बैठक गर्दछ ।’
नेपाली काङ्ग्रृस केन्द्रीय समितिको २ साउन २०७९ मा सम्पन्न बैठकको यो निणर्यले पुर्व पश्चिम रहेका नेताहरु देउवाजीलाई हारगुहार गरीरहेका बेला अब के हुने हो हेर्न बाँकी छ ।