ट्रेन्डीङ्ग

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई नेकपा(एमाले) प्युठानले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्ट, लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलशिराम शर्मा सङ्गै एमाले जिल्ला सचिवालय सहितको टिमले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो ।

एमाले प्युठानले प्रदेश सभाको बजेट अधिवेशनलाई लक्षित गरि जिल्लाका खानेपानी, शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधार निर्माण साथै समग्र जिल्लाको दिगो विकासका योजनाहरु सहितको मागपत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । एमाले प्युठानले यस अघिनै जिल्लाभरका महत्त्वपूर्ण योजनाहरु संकलन गरि तिनै योजना कार्यान्वयनका लागि मुख्यमन्त्रीलाई विशेष अनुरोध गरेको एमाले प्युठानले बताएको छ ।

सो अवसरमा मुख्यमन्त्री आचार्यले अघिल्लो सरकारले अगाडि बढाएका मूलभूत कार्ययोजनालाई निरन्तरता दिएको साथै अलपत्र परेका योजनाहरु सम्पन्न गर्ने बताउनुभएको छ । नेकपा एमाले प्युठान र मुख्यमन्त्री आचार्य बीच जिल्लाका विकास निर्माणका महत्त्वपूर्ण विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय