बिमलप्रसाद पोख्रेल,
प्युठान खवर, असाेज २६ । पछील्लो समय बिमा कम्पनिहरुमध्ये आक्रामत रुपमा आइरहेको सुर्या लाइफ इन्सयोरेन्स सामाजिक र ब्यवसायकि बन्दै गएको छ । यस इन्स्योरेन्सद्वारा सोमवार प्यूठानमा आयोजित कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले बिमा मानव जिबनका लागि अति अत्यावश्यक भएको उल्लेख गर्नुभयो ।
मानव जिवनमा अहिले धेरै जाेखिम बहन गर्नु पर्ने अबस्था रहेकाले बिमाले सुरक्षा र बचत दुबैमा सहज हुने उहाँको भनाइ थियो । जीवन बिमा पेशा सामाजिक सेबा संगै जाेडिएकाे एक सफल ब्यबसाय पनि भएकाे उहाँले जानकारी दिनुभयो । पछिल्लो समय ठुला ठुला शहर देखि देशका ग्रामिण भेगसम्म बसाेबास गर्ने सर्बसाधरणहरुले बिमाकाे बिषयमा चासाे दिएतापनि अधिकांस नागरिक आर्थिक पारदरसिताको बारेमा बुझाउने अभिकर्ता नहुदा नागरिकले चाहँदा पनि जीवन बिमा गर्न नसकेको एक कार्यक्रममा आयोजित सहभागीहरुले बताएका छन ।
सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्युठान शाखाकाे आयोजनामा सञ्चालित अभिकर्ता उत्प्रेणा तथा शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । प्युठानमा सुर्या लाईभ ईन्सुरेन्सका अभिकर्ता हरुलाई सर्बसाधारणकाे घरघरमा पुगि बिमा केहाे ,बिमालेले कसरी जाेखिम बहन गर्छ , बिमा कसरी सामाजिक पेशा बन्छ, बिमालाई कसरी ब्यबसायिक बनाउन सकिन्छ भन्ने बिषयमा भन्ने बिषयमा सहजीकरण गरीएको थियो ।
सुर्यालाइफ नेपालकाे पुरानाे तथा प्रतिष्ठत ब्यक्तिले यसकाे ब्यबस्थापन गरेकाेले देशभर याे बर्ष बिमा क्षेत्रमै अग्रणि बिमा कम्पनीको रुपमा अगाडि बढाउने बताएको छ । त्यस्तै कम्पनीका एरिया प्रमुख श्याम प्रसाद सुबेदिले बिमा पाेलिसि का बिषयमा जानकारी गराउनुभएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ठ कार्य गर्ने एजेन्सि म्यानेजर टिम म्यानेर तथा अभिकर्ताहरुमध्येबाट हेमन्ता जिसि , पबित्रा केसि , बिमला बस्नेत , रेगम प्रसाद भण्डारी , लक्ष्मि जिसि , मधुसूदन भण्डारीलाई खादा तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएकाे थियाे । ३५ जना अभिकर्ताकाे सहभागिता रहेकाे कार्यक्रमकाे सन्चालन प्युठान शाखा प्रबन्धक भण्डारी गर्नुभएको थियो ।