ट्रेन्डीङ्ग

तेजेन्द्र बि.एम.,

प्युठान खबर । मगर संसार(Magar Mansar) Photo Gallery ग्रुप पेजको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । २०७७  साउन १७ गते देखि २१ गते सम्म संचालन गरि आयोजना गरिएको जनचेतना मुलक वक्तृत्वकला प्रतियोगिताको शिर्षक “युवाहरु किन दुर्व्यशन तथा कुलतमा फस्छन, यसबाट बच्न के गर्नुपर्छ ?” रहेको थियो ।

 

युवा पुस्तालाई केन्द्रित गरि आयोजना गरिएको प्रतियोगितामा तनहूँ ,ब्यास -७ हाल चितवन भरतपुर बस्दै आएकी ११ बर्षीय सानी नानी प्राथना राना मगर प्रथम हुन सफल भयकी छिन । विश्व भरीका मगर लाफाहरूले भाग लिन पाउने यस प्रतियोगितामा ६७ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । नतिजा लाइक र ३ जना निर्णायकहरुको ५०/५० प्रतिशत मुल्यांकनको आधारमा सार्बजनिक गरिएको छ ।

 

निर्णायक मन्लडमा निम्न अनुसारका ब्यक्तिहरु रहनुभएको थियो ।

१) स्याम राना मगर (अध्यक्ष/प्रधान सम्पादक साझा हव डट कम

आरजे/भिजे -रेडियो कान्तिपुर ९६.१/ १०१.८ मेघाहर्ज/ नाईस टेलिभिजन)

महासचिव – नेपाल मगर लेखक संघ, केन्द्रिय समिति

२) सरला थापा मगर (Broadcast journalist)

३) मन मास्की राना मगर(एडमीन एवं अध्यक्ष नेपाल मगर संघ इजरायल)

 

६७ प्रतियोगि मध्यबाट धेरै अंक पाउने टप-१० भित्र पर्न सफल प्रतियोगिको नाम र प्राप्त अंक सार्बजनिक गरिएको थियो।

प्रथम स्थान :-

✅   नाम : प्राथना रानामगर

✅   ठेगाना : तनहूँ,ब्यास -७

✅   हालको बसाई : भरतपुर चितवन

✅   जम्मा सहभागि : ६७ जना

✅   प्राप्त मत : २३६ अंक

✅   भोटिंग समय : ४ दिन

✅   पुरस्कार : रू.१०,०००/- + सम्मान पत्र

✅   प्रथम पुरस्कार प्रायोजक : थमन नाइसा मगर  -बागलूङ ,ताराखोला गाउपालिका १,माझखर्क -१ हाल बहराईन

दोस्रो स्थान :-

✅   नाम : अप्सना काम्मुमगर

✅   ठेगाना : पाल्पा, पुर्बखोला -५

✅   जम्मा सहभागि : ६७ जना

✅   प्राप्त मत : १८७ अंक

✅   भोटिंग समय : ४ दिन

✅   पुरस्कार : रू.७,०००/- + सम्मान पत्र

✅   दोस्रो पुरस्कार प्रायोजक :  इन्द्र रानामगर – तनहु -आबुखैरेनी -१ बसाई दमौली हाल ब्रूनाइ

तेस्रो स्थान :-

✅   नाम : पवित्रा आलेमगर

✅   ठेगाना : गोर्खा

✅   जम्मा सहभागि : ६७ जना

✅   प्राप्त मत : १७० अंक

✅   भोटिंग समय : ४ दिन

✅   पुरस्कार : रू.५,०००/- + सम्मान पत्र

✅   सान्त्वना पुरस्कार प्रायोजक : सीजन रोका मगर – बागलूङ हाल कोरिया

सान्त्वना:-

✅   नाम : सलीना रानामगर

✅   ठेगाना : गोर्खा

✅   हालको बसाई : चितवन भरतपुर

✅   जम्मा सहभागि : ६७ जना

✅   प्राप्त मत : १६६ अंक

✅   भोटिंग समय : ४ दिन

✅   पुरस्कार : रू.३,०००/- + सम्मान पत्र

✅   सान्त्वना पुरस्कार प्रायोजक : दिपेश मगर – दैलेख,गुरास गाउपालिका -७ हाल मलेशिया

 

टप-१० भित्र पर्ने प्रतियोगिहरु :-

१) शांती राना मगर- स्याङ्जा, बिरुवा-७

२) निशा सिंजाली मगर- भरतपुर, चितवन

३) मुना लमतरी मगर- पाल्पा (हाल चितवन, भरतपुर)

४) रबिन थापा मगर- पाल्ला (हाल-अष्ट्रेलिया)

५) प्रेणना क्यापछाकि मगर- रोसि गाउँपालिका, काभ्रे

६) संगीता पीठाकोटे मगर- रामेछाप (हाल-काठमाडौ)

 

“लागु पदार्थ तथा कुलत जस्ता दुर्व्यशनको बानी हटाऊ, स्वास्थ रहौ सभ्य समाजको निमार्ण गराउँ भन्ने नाराको साथमा प्रतियोगीता आयोजना गरिएको खेल संयोजक अनिल लामीछानेले जानकारी दिनुभएको छ ।

 

नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नबिन रोका मगरको प्रमुख आतिथ्यता, नेपाल मगर संघका केंद्रीय महासचिव ज्ञानेन्द्र पुनमगर, नेपाल मगर संघ सांस्कृतिक संघ केन्द्रीय अध्यक्ष नेपाल मगर संघ बैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु र निर्णायकहरुको विशेष उपस्थितिमा ZOOM एप मार्फत नतिजा घोषण गरिएको लामिछाने मगरले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय