ट्रेन्डीङ्ग

प्युठान जिल्लामा यस वर्ष २ हजार ५ सय ५७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (HPV) खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाभर कक्षा ६ मा अध्ययनरत किशोरी तथा समुदायमा रहेका १० वर्ष उमेर पुगेका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्लास्तरीय खोप समन्वय समितिले प्युठानका सबै स्थानीय तहमा एकैपटक भदौ २४ देखि २६ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

अभियानमार्फत लक्षित उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट भविष्यमा जोगाउन खोप प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय प्युठानका वरिष्ठ जनस्वास्थ्य अधिकृत मधुसूदन खड्काका अनुसार गत वर्ष जिल्लामा २ हजार ६ सय ३३ जना किशोरीलाई एचपीभी खोप लगाइएको थियो ।

एचपीभी संक्रमणका कारण भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने जोखिमलाई कम गर्न किशोरी अवस्थामा नै खोप लगाउन स्वास्थ्य कार्यालयले लक्षित सबै किशोरीलाई तोकिएको मिति र खोप केन्द्रमा उपस्थित भई खोप लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय