नेपाल मगर संघ प्युठानको पाचौं जिल्ला अधिवेशन जुम्रीमा सप्पन्न भएको छ । अधिवेशनले भिमेश कुमार घर्ती मगरको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा यांक पुन मगर, झग बहादुर पुन मगर र महिला उपाध्यक्षमा साबित्रा हौजाली मगर सर्वसम्मत निर्वाचित भएका छन् ।त्यस्तै सचिवमा गिर बहादुर घर्ती मगर, सह-सचिवमा गोपाल थापा मगर, मुक्त बहादुर घर्ती मगर र मअहिला उपाध्यक्षमान्लाली घर्ती मगर निर्वाचित हुनुभएको छ, भने कोषाध्यक्षमा पुर्ण बहादुर गमाल मगर निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा कमल घर्ती मगर, गोबर्धन थापा मगर, बेलि पुन मगर, सोनिया थापा मगर, बेगम घर्ती मगर, देविराम गाहा मगर, अनिता लुन मगर, हुमा बुढा मगर, आशा पुन मगर र प्रकाश बुढा मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
होटेल आयुष्मा जुम्री प्युठानको सभाहलमा भएको अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नेपाल मगर संघ केन्द्रिय सदस्य भिम प्रकाश पुन मगर प्रमुख आतिथ्यता भएको कार्यक्रममा प्युठान जिल्लाका मगर तथा गैर मगरहरुको सकृय उपस्तिथि रहेको थियो ।







