
काठमाडौं । सन् २०२२ मा सेनेगेलमा आयोजना हुने भनिएको युथ ओलम्पिक प्रतियोगिता चारवर्ष पछि सरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र सेनेगलले युथ ओलम्पिक खेल २०२६ मा सार्न सहमत भएका हुन् ।
विश्वभर कोरोनाभाइरस महामारीको कारण अहिले ठूला खेलकुद गतिविधि प्रभावित भइरहेको बेला २०२० मा हुने युथ ओलम्पिक पनि सरेको हो । प्रतियोगिता सरेपछि आयोजक आईओसी र नेशनल ओलम्पिक कमिटीहरुलाई प्रतियोगिताको तयारी गर्ने थप अवसर मिलेको छ । यस्तै सेनेगलका लागि पनि अझै राम्रो तयारी गर्ने अवसर मिलेको छ ।
सन् २०१८ मा आईओसीले सेनेगलमा २०२२ मा डाकार युथ ओलम्पिक गर्ने निर्णय गरेको थियो । प्रतियोगिता सरेपछि अब यसले धेरै युवा खेलाडीहरुलाई भने असर गर्नेछ । युथ ओलम्पिक गेम्समा संसार भरका १४ देखि १८ वर्ष सम्मका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।