ट्रेन्डीङ्ग

राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिकाबाट रित्तिन थालेको छ । राष्ट्रिय जनमोर्चाले झिमरुक गाउँपालिकालाइ आफ्नो पकड क्षेत्रको रुपमा गढ मान्दै आएपनि त्यो अब बिगत हुने भएको छ । देशैभरबाट रित्तिदै गरेको नेकपा मसालको चुनावी मोर्चा राजमोको प्यूठान जिल्लाभर झिमरुक गाउँपालिकालाइ सबै दलभन्दा प्रमुख शक्तिको रुपमा रहेको दाबी गर्दै आएको थियो । अब  झिकरुक गाउँपालिका राजमोको नभइ नेकपा एमाले पहिलो शक्तिको रुपमा स्थापित हुने भएको छ ।

राजमोले एमालेलाइ झिमरुक गाउँपालिकामा हैसियत नभएको पार्टीको संज्ञा दिइरहँदा राजमो परित्याग गरि सोमवार ९७ घरधुरी एमालेमा प्रवेश गरेका छन् । झिमरुक ४ निवासी जगत थापा र भरत बिक्रम जिसिको नेतृत्वमा सयौको संख्यामा राजमो कार्यकर्ता एमाले प्रवेश गरेपछी झिमरुकमा राजमो रित्तिदै गएको छ ।

झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाबाट सत्ता खोसेर नेकपा एमालेले बिजयि हासिल गर्ने नेकपा एमालेका पोलिटव्युरो सदस्य सुर्य थापाले उद्घोष गर्दा राजमोले खिल्ली उडाउँदै आएको थियो । तर त्यो आजैको कार्यक्रमले प्रमाणित गरेको छ । एमाले पहिलो शक्तिको रुपमा स्थापीत हुन कसैले पनि छेक्न सक्दैन । एकैदिन एकैपटक सयौको संख्यामा एमालेमा राजमो कार्यकर्ता प्रवेश गर्दा आज झिमरुक मात्र नभइ प्यूठान जिल्लाभर राजमो नेतृत्वको निद हराम भएको छ ।

नव प्रवेसीलाइ नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सुर्य थापा, केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज हरि रिजाल, नेकपा एमाले प्यूठानका अध्यक्ष बिजय बिराज बिष्ट र झिमरुक गाउँ पार्टी अध्यक्ष इन्द्रमणि पोख्रेलले पार्टी प्रवेश गराउँदै स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय